• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

वडा अध्यक्ष खड्काद्धारा जेष्ठ नागरिक संघको भवन उद्घाटन

प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६

सिन्धुली साैगात संवाददाता,सिन्धुली

कमलामाई नगरपालिका वडा नम्बर–५,सिन्धुलीका वडा अध्यक्ष पुर्ण बहादुर खड्काले
सिलामेमा जेष्ठ नागरिक वडा इकाई संघको भवन उद्घाटन गरेका छन् ।

जेष्ठ नागरिक वडा इकाई संघको चौथो वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा
शुक्रबार अध्यक्ष खड्काले भवनको उद्घाटन गरेका हुन् ।

वडा अध्यक्षको पहलमा नगरपालिकाले विनियोजन गरेको ३ लाख, सामुदायिक बन
समिती, देउसी भैलो समेतबाट उठेको ८१ हजार रकम गरि ३ लाख ८१ हजारमा
सम्पन्न भएको मन्दिर वडा अध्यक्ष खड्काले उद्घाटन गरेका इकाइ संघका अध्यक्ष
बिजय लाल श्रेष्ठले जानकारी दिए ।