• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

राष्ट्रपति सवार कार्यक्रममा विरोध गरेको आरोपमा पूर्व डीआईजी प्रक्राउ

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

सिन्धुली साैगात संवाददाता

प्रहरीले पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) विजय भट्टसहित दर्जनौं सर्वसाधारणलाई काठमाडौंको बसन्तपुरबाट गिरप्तारमा गरेको छ ।

शुक्रबार इन्त्रजात्रा दर्शन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी सवार हुने कार्यक्रमा विरोध जनाउन सक्ने भन्दै बाटोमा उभिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यक्रम विथोल्न खोज्ने उद्देश्यले सडकमा आएको आशंकामा उनीहरुलाई गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । प्रहरीका अनुसार गुठी विधेयकलाई लिएर उनीहरुले विरोध गर्न खोजेका थिए ।

त्यही भीडमा पूर्वडीआईजी पनि परेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लब भृकुटीमण्डपमा राखेर सोधपुछ गरिरहेको छ ।