• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

इन्द्र जात्रा यसरी मनाइदैँ (फोटोफिचर)

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

सिन्धुली साैगात संवाददाता

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

कुमारी

आज पनि वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

सप्ताह रूपमा मनाइने राजधानीको इन्द्रजात्रा पर्वको मुख्य दिन शुक्रबार आज कुमारी, गणेश र भैरव रथयात्रा गरिँदै छ । रथलाई वसन्तपुरबाट मजिपाटहुँदै जैसिदेवल भएर लगनबाट फर्काइन्छ ।


शनिबार यही रथलाई नरदेवीतर्फ लगिन्छ । इन्द्रजात्रालाई व्यवस्थित र भव्य र शान्तिमय बनाउन जात्रामा आबद्ध स्थानीय क्लब सक्रिय रूपमा जुटेका छन् ।

मङ्गलबार बिहान इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो ।