• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

गोलञ्जोर गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गर्दै

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

सिन्धुली साैगात संवाददाता

गोलञ्जोर गाउँपालिकाले परिचयपत्र वितरण गर्न घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । शिविर यही असोज २ गतेदेखि सञ्चालन हुने छ।

शिविर २ गते डुडभञ्ज्याङ , ३ गते तीनकन्या, ४ गते वितिजोर, ६ गते रतनचुरा, ७ गते भिमेश्वर , ८ गते वाशेश्वर र ९ गते भुवनेश्वरीमा सञ्चालन हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी न्यौपानेले जानकारी दिएका छन ।

शिविरमा सहभागी हुनेहरुले ५ प्रति पासपोर्ट साइजको फोटो, वडा कार्यालयको सिफारिस ,जन्मदर्ता वा नागरिकताको प्रतिलिपि लिइ स्वयं गाँउपालिकाको क्रार्यलयमा उपस्थित हुनुपर्ने छ ।

यसैगरी यसअघि अपाङ्गता परिचयपत्र लिइसकेकाहरुले पनि पुरानो परिचयपत्र पेश गरेर नयाँ परिचयपत्र लिन गाउँपालिकाले आग्रह गरेको छ ।