• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

न्यायाधीश सवारीचालक घुससहित प्रक्राउ

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

जिल्ला अदालत सिरहाका एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन ।

सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेका यादव इजलास–३ का न्यायाधीश नरनारायण पौडेलका सवारीचालक हुन ।

अख्तियार बर्दिबासका प्रवक्ता हरिप्रसाद घिमिरेले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटेलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा आयोगको कार्यलय बर्दिबासको टोलीले पक्राउ गरेकोे जानकारी दिए ।

उनकाअनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेका थिए ।