• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

अर्थमन्त्री खतिवडा लाई बर्खास्त गर्न माग ????

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

उल्टो नीति र व्यवहार प्रदर्शन गरी गैरजिम्मेवार बनेको आरोप लगाउँदै स्वतन्त्र शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा युवराज खतिवडालाई बर्खास्त गर्न माग गरेका छन् । डा खतिवडा पूँजीबजारका लागि गैरजिम्मेवार बनेको स्वतन्त्र शेयर लागानीकर्ताहरुको आरोप छ ।

भदौ २५ गते भृकुटीमण्डपमा बसेको ५० भन्दा बढी स्वतन्त्र शेयरकर्ताहरुले ३५ खर्बको पूँजीबजार क्षति भएर १४ खर्बमा झरि अर्थतन्त्र नै संकटमा परेको जनाउँदै यसबेला समेत अर्थमन्त्री खतिवडाले उल्टो नीति र ब्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् ।

लगानीकर्ताहरुले भेलाले पूँजी बजार संकटमा पर्नुमा मुद्रा तथा पूँजीबजारको सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले दिएको ५८ बुँदे सुझाव २०७६ असार मसान्तभित्रै कार्यावन्यन गर्न जिकिर गरेका छन्। उनीहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्य पूरा नगरे आफुहरु कडा संघर्षमा उत्रिने र यसको जिम्मेवारी सबै सरकारले व्यर्होने चेतावनीसमेत दिएका छन।