• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

अग्रिम बुकिङ असोज पहिलो साताबाट सुरु

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

दशैं–तिहारमा काठमाडौं बाहिर जाने यात्रुका लागि असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोजको पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको जानकारी दिएका हुन ।

अखिल नेपाल यातायात मजदुर संघ कोटेश्वर पूर्व मूल इकाइ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिटौलाले टिकट बुकिङ असोजको पहिलो साताबाट खुलाउने जानकारी दिए । सिटौलाका अनुसार दशैं–तिहारका लागि नयाँ गाडी भने यसपटक थप्ने योजना यातायत व्यवसायीको रहेको छैन ।

महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ । महासचिव सिटौला, काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र ट्राफिक महाशाखाका प्रमुख ९एसएसपी० भीम ढकालले बिहीबार कोटेश्वरमा काउण्टरका कर्मचारीहरूलाई ड्रेस वितरण गरेका छन् ।

सिटौलाले महासंघले उपलब्ध गराएको पोशाक लगाएका र परिचयपत्र बोकेका कर्मचारीसँग मात्र टिकट लिन र तोकिएको स्थानमा यातायातका कर्मचारीबाट मात्र टिकट लिन आग्रह गरेका छन ।