• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

व्यवसायीलाई अपहरण गर्ने ४ जना प्रक्राउ…..

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका –९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका –१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका –२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका –८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका –१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा हुन ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका –९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले उनीहरुलाईज पक्राउ गरिएको हो ।