• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आयुष्मान खुरानाले लेहेंगा लगाँउदै गरेको भिडियो भाइरल (हेर्नुहोस)

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

आयुष्मान खुराना र नुसरत भारुचाको फिल्म ‘ड्रिम गर्ल’ रिलिजको तयारीमा रहेको छ ।

आयुष्मानले यो फिल्ममा यस्तो भूमिका निभाएका छन्, जो केटी बनेर अरुसँग बोल्ने गर्छन् । उनी फिल्ममा युवतीको गेटअपमा पनि देखिएका छन् । तर उनलाई युवतीको भूमिका निभाउन त्यति सजिलो भने भएको थिएन ।

आयुष्मानकी को–एक्टर नुसरतले एक भिडियो शेयर गरेकी छिन्, जुन भिडियोमा आयुष्मानलाई युवतीको रुपमा सिंगारिएको छ । त्यतिबेला उनलाई कति गाह्रो भएको थियो ।

पछिल्लो समय आयुष्मानले निभाएका भूमिकालाई दर्शकले खुबै मन पराएका छन् । आर्टिकल १५, बरेलीकी बर्फी, बधाई हो, अन्धाधून जस्ता फिल्मबाट झैँ यो फिल्मबाट पनि उनले तारिफ पाए ।

आयुष्मानले शेयर गरिएको भिडियोमा आयुष्मान लेहेंगा लगाउँदै गरेको देख्न सकिन्छ ।

ट्रेलर सार्वजनिक भएपछि फिल्मको खुबै चर्चा छ । आयुष्मानले यो फिल्मबाट पनि दर्शकको ध्यान तानेका छन् ।