• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

डेंगुको संक्रमण बढ्न थालेपछि अमेरिकाद्वारा ट्राभल नोटिस जारी

सिन्धुली साैगात संवाददाता

डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै अमेरिकाले एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ ।

पछिल्ला केही महिनायता डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।

बांगलादेश, फ्रेन्च पोलिनेसिया ताहिती र बोराबोरा, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जारी गरेको सूचनामा उल्लेख छ ।

सीडीसीले डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नेपालको नाम उल्लेख नगरे पनि प्रभावित क्षेत्रहरुको नक्सामा भने समेटिएको छ ।

दक्षिण एसियाकै भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, न्यूक्यालेडोनियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाले सतर्क रहन सुझाइएको छ ।

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६