• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

चिनियाँ सेनाले भारतिय सेनालाई नियन्त्रणमा लिएपछी..

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

बुधबारदेखि फेरी चीन–भारत सीमाना रहेका लद्दाख क्षेत्र तनावग्रस्त बनेको छ ।

भारतीय सेना गस्तीका क्रममा चिनियाँ नियन्त्रित लद्दाखको भूमिमा पुगेपछि या तनाव सरु भएको हो । उनीहरु जानीजानी गए वा थाह नपाएर चिनियाँ भूमिमा पुगे, सोको बारेमा स्पष्ट खुलेको छैन । तर चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनालाई नियन्त्रणमा लिएपछि तनाव बढ्न पुगेको छ ।

नियन्त्रणमा रहेको भारतीय सेनासँग चिनियाँ सेनाले केही सोधपूछ गरेको थियो । सोधपूछको विषय थियो– उनीहरु किन चिनियाँ सीमानामा पुगे । चिनियाँ भूमिमा भारतीय सेनाको उपस्थिति नै दुई सेनाबीचको तानावको वास्तविक कारण बनेको छ ।

दुवै पक्षबीच कुराकानीपछि सहमति समझदारी कायम गरी दुवै सेना आआफ्नो बेसक्याम्पमा फर्किएका छन। यो अक्कलझुक्कल भइरहने घटना हो ।

तर चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री भेटघाटको पूर्वसन्ध्यामा हुन गएकाले यसलाई अलि केही गम्भीर रुपमा लिइएको छ ।

त्यसो त जम्मुकश्मिर र लद्दाखलाई छुट्याएर कश्मिरको विशेषाधिकार भारतीय संविधानको दफा ३७० खारेज गरी हनन् गरेपछि चीन र भारतको सिमानामा सुरक्षा सतर्कता बढाइएको थियो । कश्मिरी विशेषाधिकार हनन्सँगै काश्मिरी सरकारले गर्ने गरेको सीमा सुरक्षा दिल्लीले प्रत्यक्ष आफ्नो हातमा लिएपछि पनि आशंका र तनावको स्थिति सिर्जना हुन गएको हो ।

लद्दाखस्थित चीन–भारतको सिमानामा यस्ता घटनाहरु पहिल्यैदेखि हुँदै आएका छन् । तर कहिले काँही यस्ता घटनाले दुवै छिमेकी देशबीच अन्तर्राष्ट्रिय तनाव पनि उत्पन्न गर्ने गरेको छ ।

कश्मिरको विवादसँगै चीनले पाकिस्तानलाई ‘ब्याकिङ’ गर्दै आएको भारतको आरोप रहेको छ भने चीनले काश्मिरी विशेषाधिकारको बचाउका लागि बोल्दै आएको छ ।