• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

प्रधानसेनापतिको सम्पति सार्वजनिकभएपछी

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

सिन्धुली साैगात संवाददाता

प्रधान सेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यसअघिसम्म प्रधान सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन नभएपनि आफूले कार्यभार सम्हालेको एक वर्षपछि थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।

सार्वजनिक विवरण अनुसार प्रधान सेनापति थापासँग काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा आमाबाट बकसपत्रमा पाएको ८ आना जग्गा र घर छ । यस्तै काठमाडौं महानगरको वडा नम्बर ५ मा उनको ४ रोपनी ११ आना जग्गा छ । यस्तै नवलपरासी र लमजुङ जिल्लाका विभिन्न स्थानमा आफैले किनेको र पूर्खाैंली जग्गा छ ।

थापासँग ५५ तोला सुन पनि छ । यस्तै ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँ मूल्य बराबरको हिराको हार पनि रहेको थापाले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रधान सेनापति थापा र उनकी श्रीमती दिपा थापासँग बैंकमा नगद भने धेरै नरहेको उनको विवरणमा उल्लेख छ । थापाले सार्वजनिक गरेको विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकमा उनको नाममा १६ लाख ६१ हजार रुपैयाँ र ५ हजार अमेरिकी डलर नगद छ । यस्तै ग्लोबल आइएमई बैंकमा उनकै नाममा ४२ हजार रुपैयाँ नगद छ । थापाकी श्रीमती दिपाको नाममा मेगा बैंकमा ५० हजार रुपैयाँ नगद छ ।

उनकी श्रीमती र छोरीको नाममा विभिन्न ४ वटा वाणिज्य बैंक र एउटा जलविद्युत कम्पनीको सेयर छ । उनकी श्रीमती दिपाको नाममा मेगा बैंक, प्रभु बैंक (तत्कालिन डीसीबीएल) र ग्लोबल आइएमई बैंकमा सेयर छ । उनकी छोरी रुरु थापाको नाममा प्राइम कमर्शियल बैंकको सेयर छ भने श्रीमती दिपाको नाममा शिव श्री जलविद्युत कम्पनीको प्रमोटर सेयर छ ।

 

विवरण :