• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

९ कक्षामा अध्ययनरत छात्रामाथि एसिड प्रहार

सिन्धुली साैगात संवाददाता

त्रिभुवन मावि वीरगञ्जमा नौ कक्षामा अध्ययनरत १५ वर्षीय किशोरीमाथि एसिड प्रहार गरिएको छ ।

वीरगञ्ज महानगरपालिका–३ मा मामाघरमा बसेर पढ्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। आज बिहान ६ बजे खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । सम्साद मियाँ र माजिद आलमले एसिड प्रहार गरेका हुन् । उनीहरूले खातुनको मुख, छाति र हातमा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर उनीहरू भागेका थिए ।

प्रहरीले फरार सम्साद मियाँलाई भने नियन्त्रणमा लिएको छ । अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बतायो ।

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६