• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

मन्त्रीको संरक्षणमा भ्रष्ट्रचारी

सिन्धुली सौगात

मेलम्ची खानेपानीको कारण विवादमा परेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई खानेपानी संस्थानको ४७ करोड भष्ट्राचार काण्डमा मुछिएकाहरुलाई संरक्षण गरेको आरोप लागेको छ ।

 

संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादको ग्राण्डडिजाइनमा संस्थानले कम गुणस्तरको ‘जीआई पाइप र फिटिङ’ खरिद गरेर ४७ करोड रुपैयाँको भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।

 

सरकारको सुशासनलाई प्रमुख महत्वका साथ लिए पनि मगरले खानेपानी संस्थानमा भएको लगभग आधा अर्ब भ्रष्ट्राचारमा कारबाही गर्नु पर्नेमा संरक्षण गरेको आरोप लागेको छ ।

 

सार्वजनिक खरिद नियमावली विपरित रहेर ठेकेदार कम्पनीसँग मिलेर ‘स्पेसिफिकेसन’मा हेरफेर र संसोधन गरी उच्च गुणस्तरको मुल्यमा कम गुणस्तरको सामान भुक्तानी गर्दा आधा अर्बको भ्रष्ट्राचार भएको खुलसा भएको छ ।

 

मन्त्रालय परिसरमा संस्थानका महाप्रबन्धक प्रसादले सबै कु्रा मिलाएको छु आफुलाई कसैले पनि कारबाहि गर्न नसक्ने र  आफु विरुद्ध समाचार बनाउनेलाई ठेगान लगाउने भन्दै हिडेको खुलासा भएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६