• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सुडान घोटलाका फरार ठेकेदार शम्भु भारती पक्राउ

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

सिन्धुली सौगात

सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई उनको निवास भैंसेपाटीबाट आज पक्राउ गरिएको।

 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसएसपी दिपक रेग्मी भन्छन “ हामीले पक्राउ गरेर कार्यलयमा ल्याउँदैछौ केहीबेरमा सबै जानकारी दिने छौ ।” विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्ट्रचार गरेको ठहर भएको थियो । एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारती सहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।

 

सर्वोच्च अदालतले २०६४ को सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो। भारती नेपाल एजेन्टका रुपमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ।