• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश

प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६

सिन्धुली सौगात

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश गरेका छन ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटले विधेयक एउटा प्रस्ताव मात्र हो यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गने र यसमा काफी छलफल गर्न सकिने कुरा उल्लेख गरेका छन । उनले भने, “हाम्रा विभिन्न अरु प्रक्रिया छन, पत्रकार महासंघ सगँ पनि कुरा भएको छ , प्रतिपक्ष दलका नेतासँग पनि कुरा भएको छ , यसलाई समृद्ध बनाउन आउने हरेक कुरालाई हामी स्वागत नै गर्छौ ।”

 

काँग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गरेका थिए ।

 

तर सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका छन ।