• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

किशोरीलाई दुई पटक सम्म सामुहिक बलात्कार, ३ जना पक्राउ

प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६

सिन्धुली सौगात

 

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १४ कलंकीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

दैलेख घर भएकी किशोरीलाई सामुहिकरुपमा बलत्कार गरेको अभियोगमा धादिङ ज्वालामुखी गाँउपालिका १ घर भएका २३ वर्षिय रबिन श्रेष्ठ र ३० वर्षका मदन थापामगरलाई पक्राउ गरेको छ ।

 

कलंकीस्थित पशुपति गेस्टहाउसमा फकाएर लगी ती युवकहरुले करणी गरेको अभियोग छ ।

 

तिनै किशोरीलाई बलात्कार गरेको अभियोगमा थानकोट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्का अभियुक्त फरार रहेका छन ।

 

एउटै किशोरीलाई दुई पटक सामूहिक बलात्कार भएको घटनाको सूक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।