• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

भारतिय प्रधानमन्त्री द्धारा अतिथि बनेर नेपाल आउन अस्विकार

प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६

सिन्धुली सौगात

 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओेलीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी संविधान दिवसमा अतिथि बनेर नेपाल आउन निमन्त्रणा पाठाएकोमा मोदीले आउन नसक्ने जानकारी गराएका छन ।

 

नेपालमा असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ । अघिल्लो साता भारतिय विदेशमन्त्री  जयशंकर नेपाल भ्रमणका आएका थिए । त्यसैबेला ओली औपचारिकरुपमा निम्तो पठाएका हुन ।

 

मोदीको असोज २ गते नै अमेरिका जाने कार्यतालिका हुनाले नेपाल आउन नसक्ने खबर पठाएको स्रोतको दाबि छ । मोदि ७ गते मात्रै भारत फर्कने छन ।

 

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे। लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगायो । झन्डै ६ महिना नाकाबन्दी चलेको थियो ।