• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

काठमाडौँको दुई स्थानमा विस्फोट , ३ जनाको मृत्यु

सिन्धुली सौगात

काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो। अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो ।

 

घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिए। विस्फोटको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६