• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

आत्महत्या रोकथामका लागि भूमिका

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सम्पादकीय

 

सिन्धुली जिल्लामा ३ बर्ष यता २ सय १८ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको साउन देखि भदौ २४ गते सम्म १३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्लामा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । कुनै पनि व्यक्तिलाई आत्महत्याको सोच छ अथवा आत्महत्या गर्दैछ भने उक्त व्यक्ति निराश हुने , आशा विहिन हुने , सहयोग विहिन भएको महसुस गर्ने वा आफू मूल्यहिन भएको महसुस गर्ने गर्दछ । पहिला यस्ता सोचहरु नआएको तर हालको अवस्थामा मुल्यहिन, सहयोग विहिन , आशा विहिन भएको सोचहरु आइरहेको छ भने त्यस व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ भनेर हामीले बुझ्नुपर्दछ । र अर्को कुरा हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भईरहेको छ, छटपटाहट भएको छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नु पर्दछ । त्यस्ता व्यक्तिलाई घरपरिवारले सहयोग गरेर मानसिक परामर्श लिनुपर्दछ ।

 

त्यसैगरि, कुनै पनि आत्महत्या प्रयासलाई चिकित्सकीय एवं मानसिक संकटकालीन घटनाका रूपमा लिनुपर्छ र तुरुन्त अस्पतालको इमर्जेन्सीमा लानुपर्छ । लाज, डर, संकोच मानेर वा हल्का घटना ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने ज्यान गुम्न सक्छ । तसर्थ, आत्महत्या रोकथामकालागि सबैको भूमिका महत्वपुर्ण हुन्छ । अतः आत्महत्या रोकथामकालागि सबै सजग हुन आवश्यक छ ।