• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

प्रदेश सभा सदस्य शाहद्धारा विद्यालयको शिलन्यास, शैक्षिक क्षेत्रको विकासमा जोड

प्रकाशित मिति : सोमवार, माघ २७, २०७६

सिन्धुली साैगात संवाददाता

कर्णाली प्रदेशसभा सदस्य तथा सल्यान प्रदेश सभा क बाट निर्वाचित सांसद गुलावजंग शाहले शिद्ध कुमाख गाउँपालिकाको एक विद्यालयको शिलन्यास गर्दै शैक्षिक क्षेत्रको विकासमा जोड दिनुभएको छ । बाँझकाडामा रहेको महेन्द्र आदर्श माध्यामिक विद्यालय भवनको शिलन्यासमा शाहले विकासको बलियो जगनै गुणस्तरीय शिक्षा रहेको बताउनुभयो ।

विद्यालयको भवन शिलन्यास कार्यक्रममा सांसद साहले धेरै समय शिक्षाको आवश्यकता र महत्वका बारेमा बोल्नुभएको थियो । उहाँकै पहलमा कर्णाली प्रदेशको आर्थिक वर्ष २०७६/७७ मा भौगोलिक हिसाबले पिछडिएको कुमाख गाउँपालिकामा विद्यालय निर्माणकालागि ५० लाख बजेट विनियोजन गरिएको थियो । साहले विकासको पहिलो आधार नै शिक्षा भएकाले आफू सल्यानको समग्र शिक्षा क्षेत्रको विकासमा सधैँ लागिपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासकालागि शिक्षक, अभिभावक लगायत सबैको भुमिका हुने बताउँदै आफूले सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार सल्यानको शैक्षिक क्षेत्रको विकासमा सकारात्मक रहेको भन्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरि, शिलान्यास कार्यक्रममा बोल्दै शिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले वर्षेनि शैक्षिक क्षेत्रमा लाखौँ बजेट विनियोजन हुने गरेको बताउनुभयो । उहाँले कुमाख गाउँपालिकामा विशेष कक्षा संचालनकालागि भवन बनाउन छुट्याएपनि अहिले आएर कटौती भएकोप्रति गुनासो गर्नुभयो । ‘यहाँका बालबालिकाहरुका लागी विशेष कक्षा संचालन गर्न भनि पहिले भवनको योजना पर्यो उहाँले भन्नुभयो,तर अहिले आएर रकम कटौती भएको छ,जुन कुरा सुन्दा दुख लाग्यो ।’

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा शिद्धकुमाख गाउँपालिका १ का वडाअध्यक्ष राम बहादुर बस्नेत, बिद्यालयका प्रधानाध्यापक भोक बहादुर केसी लगाएतकाले बोल्नभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लयन बुढाथोकीले गर्नुभएको थियो ।