• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

मेयर पदका लागि बाख्रा र कुकुर चुनावी मैदानमा !

प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६

सिन्धुली साैगात संवाददाता

अमेरिकामा अचम्मको अभ्यास हुने गरेको छ । अमेरिकाको उत्तरपूर्वी भागमा रहेको भेर्मोन्टको फेयर हेभन सहरमा जनावरबाट मेयर छानिन्छ ।

यो वर्ष मेयर पदका लागि ३ जनावर चुनावी मैदानमा छन् । जसमा एउटा बाख्रा छ, भने बाँकी २ कुकुर । सन् २०१९ को चुनावपछि हुन लागेको निर्वाचनमा ३ वर्षे न्युबियन लिंकन बाख्रा, ३ वर्षको मफी कुकुर र ६ वर्षको स्यामी कुकुरबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

यी ३ मध्ये लिंकन र स्यामीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

मतदान ३ मार्चमा हुनेछ । मतदान गर्न व्यक्तिले १ डलर तिर्नु पर्नेछ । अमेरिकाको यो सहरमा जनावरबीच चुनाव गराएर मेयर बनाउनुको उद्देश्य भनेको बालबालिकाका लागि सामुदायिक खेल मैदान बनाउनका निम्ति हो ।

यो चुनावबाट उठेको रकमको कोष स्थापना हुन्छ, जसबाट खेल मैदान बनाइनेछ । बाँकी रकम बालबालिकाको पुनःस्थापनामा खर्च गर्ने गरिन्छ । सहरका प्रबन्धक जो गुन्टरलका अनुसार चुनावका लागि दर्ता शुल्क ५ डलर कायम गरिएको छ । एजेन्सी