• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

भगवती वालक्लव द्वारा सचेतना र्‍याली

प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली,२१ माघ – भगवती माध्यमिक विद्यालयका वालवालिकाहरुले चीन लगायत २१ वटा देशमा फैलिएको कोरोना भा इर सबाट बच्ने उपायका विषयमा जागरणार्थ एक जनचेतना मूलक र्‍यालीको आयोजना गरेका छन् ।

विद्यालयका सामाजिक शिक्षक सुरेशदत्त जोशीको सक्रियता तथा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको उक्त कार्यक्रम जुनारचोकमागइ कोणसभामा परिणत भएको थियो ।

भगवती बालक्लबका अध्यक्ष अजय महतोको अध्यक्षतामा भएको उक्त कोण सभामा विद्यालयका कक्षा नौ, माअध्ययनरत छात्र छात्रहरुले कोरोना भा इरस बाट बच्ने उपयका विषयमा आफ्नो विचार राख्नु भएको थियो ।

कोरोनाभा इ रस बाट बच्नका लागि विशेषत उच्च सर्तकता नै मूख्य कुरा रहेको र यसबाट बच्न र सं क्रमित वि रामीको व्यवस्थापनमा विशेष ख्याल गर्नुका साथै संं क्रमितहुन बाट बच्नकालागि भिडभाडमा जादा मास्क लगाउने, बेला बेलामा साबुन पानीले हातधुने, वरिपरिका वातावरण सफा राख्ने मासु जन्य पदार्थहरु राम्ररी पकाएर खाने, पशु पन्क्षीहरुको संसर्गबाट टाढा रहने जस्ता कुरा वक्ताहरुले राख्नु भएको थियो ।

कार्यक्रममा सामाजिक शिक्षक सुरेशदत्त जोशीले नेपाल जस्तो देशले वैदेशिक नाकाहरुमा हेल्थ डेक्स राखीउच्च स तर्कता अपनाएमा यसबाट नेपालमा पर्ने असरलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनु भएको थियो कार्यक्रम विद्यालय प्रांगणबाट सुरु भई जुनार चोकमागई सम्पन्न भएको थियो ।