• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

‘चपली हाइट ३’को ’ गीत सार्वजनिक (भिडियो हेर्नुस)

प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ ,२० माघ– चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा डिपी खनालका शब्द छन् भने सुवास भुसालले संगीत दिएका छन् ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ । भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

यसैगरी फिल्मलाई अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने सुवास भुसाल र अर्जुन कुमारले संगीत दिएका छन् ।

भिडियो हेर्नुस :-