• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

सिन्धुलीमा ५५ केजी गाँ ’जा सहित छ जना प’ क्राउ

प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

सिन्धुली साैगात संवाददाता

के गर्छस मंगले, आफ्नै ढंगले : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा माघ १८ गते बेलुका गाँ ’जा सहित प ’क्राउ परेको व्यक्तिलाई सोमबार सा र्ब जनिक गरिदै ।

सिन्धुली,२० माघ –

सिन्धुलीमा ५५ किलो गाँ’जासहित छ जना प’क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँ’जासहित छ जनालाई पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँ’जाको परिमाणका बारेमा सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्याङ्तान, १८ वर्षीय आकाश बल, २४ वर्षीय अङ्कित मुक्तान, २४ वर्षीय सरोज स्याङ्तान, सिन्धुलीकै म’रिण गाउँपालिका–२ निवासी ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिका–४ निवासी २४ वर्षीय श्रवणकुमार वाइवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

सिन्धुलीमा नै गाँ’जा उत्पादन गरी अन्यन्त्र बिक्रीका लागि लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले हरिहरपुरगढी गाउँपालिका–७ केमचुली कच्ची सडकस्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट ना५८प ८५१, ना४६प २३१० र ज७प २४१६ नंको तीन थान मोटरसाइकल, ५५ किलोग्राम गाँ’जा, उनीहरुले प्रयोग गरेको मोबाइल, केही पैसा बरामद भएको उहाँले जानकारी दिनुभयो ।

सन्तोष स्याङ्तान र आकाश बलका साथबाट मोटरसाइकलको सिटमाथि लुकाइराखेको मेशिनले पेली तयारी अवस्थामा राखिएको तीन थान ला’गुऔ’षध गाँ’जा (१५ किलोग्राम), अङ्कित मुक्तान र सरोज स्याङ्तानका साथबाट चार (२० किलोग्राम) तयारी गाँ’जा र श्रवणकुमार वाइवा र तिलकध्वज मुक्तानका साथबाट चार थान (२० किलोग्राम) गाँ’जा ब’रामद गरिएको प्रनाउ खत्रीले जानकारी दिनुभयो ।

उनीहरुले प्रहरीसमक्ष आफूहरु सीमा कटाउने र प्रतिकिलोग्राम रु १० हजारमा किनबेच हुने गरेको बयान दिएका थिए । प्रतिकिलो ढुवानीबापत रु दुई हजार ५०० सम्म लिँदै आएको र आफूहरुलाई अरूले नै पठाउन लगाएको बताएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका छ जना प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जानकारी दिनुभयो ।

गाँ’जा फँडानी

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चालु आवको शुरुदेखि हालसम्म २७१ बिघा एक कट्ठा, १९ धुरमा लगाएको अ’वैध गाँ’जा फँडानी र नष्ट गरेको छ । उक्त क्षेत्रफलमा लगाइएको गाँ’जा तथा गाँ’जाको बेर्ना न’ष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रनाउ खत्रीले जानकारी दिनुभयो । उहाँले गाँ’जा मरिण गाउँपालिका–२, ३ र ४ र हरिहरपुरगढी गाउँपालिका–६, ७ र ८ मा लगाइएको गाँ’जा न’ष्ट गरिएको बताउनुभयो । प्रहरीले अहिले गाँ’जा खेतीका बारेमा सर्च गरेर न’ष्ट गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

ऐलानी जग्गामा गाँ’जा खेती हुने हुँदा कस्ले गाँ’जा खेती गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चारैतिर जङ्गल बीचमा रहेको सेपिलाने भागमा गाँ’जा खेती गरेको पाइएको छ ।” टाढाबाट हेर्दा जङ्गल देखिने तर भित्री रुपमा गाँ’जा खेती गरेको पाइएपछि प्रहरीले सूक्ष्म तवरले अनुसन्धान गर्दै अ’वैध गाँ’जा खेती न’ष्ट गर्ने अभियान चलाएको उहाँले बताउनुभयो ।

हरेक वर्ष गाँ’जा प्रहरीले फँडानी गरिरहेको तर नि’यन्त्रण हुन किन नसकेको भन्ने प्रश्नमा प्रनाउ खत्रीले प्रारम्भिक अनुसन्धानबाट एक वर्षको गाँजा प्रहरीको आँखा छली उत्पादन गरेर बजारमा बिक्री गर्न सके वर्षांैसम्मको खर्च पुरताल भई लाखाँै रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित यसको खेती भएको पाइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अघिल्लो वर्ष उक्त क्षेत्रमा लगाइएको १२१ बिघामा लगाएको गाँ’जा प्रहरीले फँडानी गरेको थियो । हालै सुकाएर तयारी गर्दै गरेको नौ क्विन्टल गाँजा पूर्णरुपमा न’ष्ट गरिएको प्रनाउ खत्रीले जानकारी दिनुभयो । उत्पादन भएको ठाउँमा नभई ट्र्याक्टरमा ढुवानी गरी जङ्गलमा सुकाएर राखेको गाँ’जा न’ष्ट गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकामा केही वर्षदेखि व्यावसायिक रुपमा गाँ’जा खेती हँुदै आएको छ ।