• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

ए न्टिभाइरल औषधिको संयोजनबाट कोरोना भा इरसको सफल उपचार

प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

पत्रपत्रिकाबाट

बैंकक, २०माघ– ए न्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भा इरसका एक बि रामीको सफल उपचार गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भा इरस सं क्र्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन् ।

एच आइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार संभव भएको बताइएको छ । ती वृद्धालाई यसअघि एच आइभी वि रूद्धको औषधिबाट मात्रै उपचार गरिएको थियो ।

उक्त उपचारविधिबाट सन्तोषजनक नतिजा आएको उपचारमा संलग्न डाक्टर क्रियांग्सक ए टिपोर्नवानिचले बताउनु भयो । “उपचारविधिबाट ४८ घण्टाभित्रै बि रामीको अवस्थामा सुधार आयो र परीक्षणको नतिजामा पनि सोही अवधिमा कोरोना भा इरसको संक्रमण पो जेटिभबाट ने गेटिभ देखायो,” उहाँले भन्नु भयो ।

पछिल्लो परीक्षणमा बिरामीको श्वासप्रश्वास प्रणालीमा भा इरस नदेखिएको अस्पतालले जनाएको छ ।

केही समयअगाडि मात्रै अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजले को रोनाभा इरसको उ पचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको बताएको थियो ।

बेइजिङका अस्पतालहरुले पनि एच आइभी र एड्सका बिरामीलाई दिइने औषधिको प्रयोग गरेर कोरोना भा इरसको उपचार गरेको भनिए पनि यो सफल भए/नभएको स्पष्ट छैन । सेतोपाटीबाट साभार ।