• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

कुमार पौडेल ह त्या प्रकरण : नि यन्त्रणमा लिएर ९ गो ली हानिएको निष्कर्ष

प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

पत्रपत्रिकाबाट

काठमाडौं,२० माघ – गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको ह त्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि का रवाही थाल्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएकै दिन माघ १७ गते सिफारिस कार्यान्वयनको जानकारी राष्ट्रिय मानवअधिकार आयोगमा पुगेको छ । आजको अन्नपुर्णपोष्टमा खवर छ ।

पौडेललाई प्रहरी नि यन्त्रणमा लिएर ९ गो ली हानिएको निष्कर्षसहित आयोगद्वारा घ टनामा संलग्न ५ सुरक्षा अधिकारीमाथि का रवाही गर्न सरकारलाई ३ महिनाअघि सिफारिस गरेको थियो । सिफारिसअनुसार का रवाहीको म्याद गुज्रेपछि गृह मन्त्रालयले बल्ल आयोगलाई कारवाहीबारे जानकारी दिएको छ । ३ महिनाभित्र का रवाही गरी जानकारी पठाउन आयोगले गत कात्तिक ५ गते सिफारिस गरेको थियो । का रवाहीको जानकारी पठाउने म्याद भने माघ ५ मै सकिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा १७ मा आयोगका सिफारिस, निर्णय वा आदेश कार्यान्वयनसम्बन्धमा सम्बन्धित पदाधिकारी, व्यक्ति वा निकायले सामान्यतया ३ महिनाभित्र कार्यान्वयन गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। दफामा सिफारिस, निर्णय वा आदेश कार्यान्वयन गर्न अप्ठ्यारो भए कारण खुलाएर २ महिनाभित्र आयोगलाई जानकारी दिनुपर्ने उल्लेख छ। सिफारिसअनुरुप कारवाहीका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बेहोरासहित गृहले १२ दिन ढिलो गरी गत शुक्रबार आयोगलाई जानकारी दिएको हो।

गृहले सिफारिस कार्यान्वयन गर्न दिइएको निर्देशनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत दिएको छ। घटनाका दोषी सुरक्षाकर्मीबाहेक आयोगले निर्देशन दिने पदाधिकारीविरुद्ध पनि का रवाही गर्न भनेको थियो। आयोगको छानबिनले सर्लाहीका इन्स्पेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्र घ टनामा प्रत्यक्ष संलग्न र कमान्डरसमेत रहेको ठहरसहित तत्काल नि लम्बन गरी मु द्दा चलाउन सिफारिस गरेको थियो ।

इन्स्पेक्टरद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घ टनाको मुचुल्कामा त्रुटिपूर्ण काम गरेकोमा सचेत गराउन सिफारिस गरिएको थियो। आयोगका सचिव वेद भट्टराईले सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको बेहोरासहित जानकारी आएको बताउनु भयो । ‘गृहबाट आयोगले दो षी सुरक्षाकर्मीमाथि का रवाहीका लागि गरेको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको बेहोरासहित माघ १७ गते जानकारी पठाएको छ,’ उहाँले भन्नुभयो, ‘प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्नू भन्ने निर्देशन दिएको पत्रमा उल्लेख छ। प्रचलित कानुनबमोजिम भन्नुको तात्पर्य निलम्बन र फौजदारी मुद्दा चलाउने कारवाही नै हो ।’

उहाँले अब सिफारिस कार्यान्वयन हुने आशा व्यक्त गर्नु भयो । आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी र कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दु रुत्साहन गर्नेहरूमाथि समेत अनुसन्धान गरी का रवाही गर्न सिफारिस गरेको थियो। पौडेलको बाँच्न पाउने न्यूनतम अधिकार ह नन् भएको आयोग ठहर छ। सुरक्षा निकायले गत असार ४ गते ‘इन्काउन्टर’ मा पौडेल मा रिएको दाबी गर्दै आएको थियो।

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर गो ली हानेको किटान आयोगको छ। आयोग सदस्य गोविन्द शर्मा पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गो ली हानी मा रिएको किटानी प्रतिवेदन दिएको छ। ‘दोहोरो भि डन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि भएन,’ प्रतिवेदनमा उल्लेख छ, ‘घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मा रिएको आयोगको अनुसन्धानबाट देखियो। प्रहरीबाट घ टनाको निष्पक्ष अनुसन्धान भएको देखिएन।’