• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

सन्नी लियोनको पोस्टर खेतमा राख्दा मालामाल

प्रकाशित मिति : शनिबार, माघ १८, २०७६

सिन्धुली साैगात संवाददाता

एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै पोर्नस्टारको पोस्टर राख्नु भएको छ । अझ उहाँलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उहाँको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।

चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा पोर्नस्टार सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राख्नु भएको छ । भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्टर राख्नु भएको छ । गाउँलेका राक्षसी आँखा पन्छाउन पूर्व पोर्नस्टार सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँनु हुन्छ ।

पोस्टरमा लेखिएको छ : “महासय मलाई देखेर नचिढिउँ ।” अझ पोस्टरका रूपमा रातो बिकिनीमा सजिएकी सन्नीको तस्बिर छ । हिन्दूस्तान टाइम्ससँग बोल्दै सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताउनु भयो ।

सन्नीको पोस्टर राखेसँगै उहाँको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उहाँले सुनाउँनु भयो । उहाँले भन्नु भयो, “वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।”

रेड्डी थप्नु भयो, “राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।” भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ ।

कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध हुनु हुन्छ । रेड्डीले भन्नु भयो, “सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई ?” सी