• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

चिनबाट नागरिक फिर्ता ल्याऊ

प्रकाशित मिति : शनिबार, माघ १८, २०७६

सम्पादकीय

छिमेकि राष्ट्र चिनबाट कोरोना भाइरस भित्रेपछि त्यस्ले विश्वमै तहल्का मच्चाइरहेको छ । कोरोना भाइरसका कारण झण्डै २ सय बढिको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । चिनमा रहेका आफ्ना नागरिकको उद्धार गर्न भारत, बंगलादेश लगायत धेरै देशले पहल शुरु गरिसकेको छ । तर, नेपालले भने आफ्ना नागरिकलाई नेपाल ल्याउन खासै पहल गर्न सकेको छैन । अध्ययनकालागि चिनमा रहेका नेपाली विद्यार्थीहरुले आफू असुरक्षित भएको महशुश गरेको बताइरहदा पनि नेपाल सरकारले उनीहरुलाई नेपाल ल्याउन सकेको छैन । त्यसैगरि, चीनसँग जोडिएको नाकामा नेपालले सतर्कता नअपनाएको समाचारहरु पनि आइरहेको छ । तसर्थ, अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न सरकारको ध्यान जान आवश्यक छ । चिनमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन कुटनैतिक पहल युद्धस्तरमा हुन जरुरी छ । चीनमा रहेका नेपालीलाई नेपाल फर्काएर स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने अवधिभर अलग्गै राख्ने शिविरको समेत प्रवन्ध गर्न राज्यले पहल गर्नुपर्छ ।

नेपालमा पनि कोरोना भाइरस देखिएको समाचारहरु आइरहेको छ । उक्त भाइरस फैलेमा त्यस्ले ठूलो क्षति पु¥याउने निश्चित छ । तसर्थ, नेपाल सरकारले उक्त भाइरसलाई भित्रिन नदिन सतर्कता अपनाउन आवश्यक कदम चाल्न जरुरी छ । अतः चिनबाट आफ्ना नागरिकलाई नेपाल ल्याएर सुरक्षित राख्न र भाइरस फैलिन नदिन राज्यले विशेष जोड दिन आवश्यक छ ।