• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

‘म यस्तो गीत गाउँछु २’ को‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक (हेर्नुस भिडियो)

प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ, १६ माघ – युवा निर्देशक सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘कसम कसम’ बोलेको डान्सिङ गीत बिहिबार सार्वजनिक भएको हो ।

यस अघि सार्वजनिक भएको ‘दुःखको काँडा’ र ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले अत्यन्तै राम्रो प्रतिकृया पाइरहेको छ । गीतमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् ।

सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो र भिडियो दुबै औसत बनेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा पूजाको डान्स स्टेप्स ध्यान खिच्ने खालको छ ।

फिल्ममा पल र पुजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्र फागुन २३ गते प्रदर्शनमा आँउदैछ ।

 

हेर्नुस भिडियो :-