• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

आलोचना गर्नेलाई प्रियंकाको यस्तो जवाफ

प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ १६ माघ – प्रियंका चोपडा हालै ग्रामी अवार्डसमा सहभागी हुनु भएको थियो । यो कार्यक्रममा प्रियंका निकै खुल्ला पहिरनमा पुग्नु भएको थियो जसका कारण उहाँको धेरै आलोचना भयो । भारतीय फ्यानले उहाँको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिनु भएको छ ।

प्रियंकाले लेख्नु भएको छ “म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।”

प्रियंकाले अगाडि लेख्नु भएको छ “मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।”

तीस्वर कस्तो थियो त हेर्नुसः