• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

आस्था राउतलाइ तत्काल रिहा गर्न दबाव

प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६

सिन्धुली साैगात संवाददाता

 

काठमाडौँ १४ माघ – जिल्ला प्रशासन कार्यालय काठमाडौँको गायिका आस्था राउतलाई ४ दिन हि रासतमा राख्ने निर्णयको सामाजिक सञ्जालमा वि रोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै रिहा गर्न दबावसमेत दिएका छन् ।

नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्या दती गरेको बताएका छन् । उनीहरुले सरकारलाई ब दनाम गराउने काममा प्रहरी र प्रशासनले निरन्तर यस्ता गतिविधि गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हि रासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हि रासतमुक्त गर्न माग गर्नु भएको छ ।

दोलखाबाटै पटक पटक निर्वाचित भएका पोखरेलकै निर्वाचन क्षेत्रकी मतदाता हुन् आस्था राउत । पोखरेलले आस्था राउतको गल्ती थु नामा राखेर अ नुसन्धान गर्नुपर्ने तहको नभएको भन्दै प्रहरी प्रशासनले विवेक पुर्‍याउनुपर्ने बताउनु भएको छ ।

त्यस्तै नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाले पनि आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हि रातसमा राख्नुले पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको टिप्पणी गर्नु भएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले पनि आस्था राउतलाई माफी मगाएरसम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा सहमत हुन नसक्ने बताउनु भएको छ ।

सापकोटा फेसबुकमा लेख्नु भएको छ “जसरी आस्था राउतको उत्ताउलोपनसँग सहमत हुन सकिएन त्यसैगरि पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न । उनको उत्ताउलोपनको माफी मगाएर, सम्झाएर घर पठाऊ ।”