• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

विपी राजमार्गलाई सुरक्षित बनाऔँ

प्रकाशित मिति : सोमवार, माघ १३, २०७६

सम्पादकीय

विपी राजमार्गमा दिनहुँ हजारौँ सवारीसाधन गुड्ने गरेको छ । काठमाडौँ हुदैँ सिन्धुली लगायत पुर्वका जिल्लाहरुसम्म पुग्नकालागि छोटो दुरी भएको विपी राजगमार्गमा साना तथा ठूला गाडीहरुको बाक्लो यात्रा हुने गरेको छ । दिनहुँ जसो साना ठूला दुर्घट्नाहरु विपी राजमार्ग हुदैँ आएको छ । आइतबार विपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुग्रेभञ्जयाङमा हाय्स दुर्घट्ना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । विपी राजमार्गमा सयौँले ज्यान गुमाइसकेका छन् । साना तथा ठूला दुर्घट्नामा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । सानो बाटो, तिब्र गति, ओभरटेक, सवारीचालकको लापर्वाही लगायत थुप्रै कारणहरुले विपी राजमार्ग यात्राकालागि असुरक्षित बन्दै गएको छ । विपी राजमार्गलाई निजी सवारीसाधनले पनि जाखिमपुर्ण बनाइरहेको छ । निजी सवारीसाधनको तीब्र गतिका कारण राजमार्गमा यात्रा गर्न अफ्ठ्यारो हुने गरेको यात्रीहरुले गुनासो गर्ने गरेका छन् । त्यसैगरि, बुलेरो, हाय्स लगायत सार्वजनिक सवारीसाधनको अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घट्नाको संभावन बढिरहेको छ । समग्रमा विपी राजमार्ग मानविय त्रुटिकै कारण असुरक्षित बन्दै गएको छ ।

रात्रिकालिन गाढीका चालक निदाउने समस्या पनि विपी राजमार्ग उत्तिकै छ । रातको समयमा निद्राको कमिका कारण पनि दुर्घट्ना भइरहेको छ । तसर्थ, विपी राजमार्गमा दुर्घट्नाका कारणहरु पत्ता लगाएर त्यस्को समाधान तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, विपी राजमार्गलाई सुरक्षित बनाउन सबै सजग हुन जरुरी छ ।