• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

जुवा खेल्ने कुखुराका भाले प’क्राउ

प्रकाशित मिति : शनिबार, माघ ११, २०७६

सिन्धुली साैगात संवाददाता

एजेन्सी – भारतमा एउटा गधा पक्राउ गरी हि’रासतमा थु’निएको खबर आएको थियो । गधा प’क्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले प’क्राउ गरेको छ ।

भारतको हरियाणामा हालै ६ वटा कुखुरा प’क्राउ परेका छन् । पुलिसले ती कुखुरालाई प’क्राउ गरी हि’रासतमा राखेको हो । पुलिसले कुखुरा प’क्राउ गर्नुको कारण चाहीँ रोचक नै छ । वास्तवमा ती कुखुराका भालेलाई स्थानीय एक समूहले जुधाएर जु’वा खेलाउने गरेको थियो ।

भाले जुधाएर जुवा खेल्ने गरिएको उजुरी पुलिसमा परेपछि पुलिसले त्यस्तो कार्यमाथि निगरानी सुरु गर्यो । त्यसपछि एकदिन पुलिसले कुखुरा जुधाएर जु’वा खेलाउने समूहलाई प’क्राउ गर्यो । त्यस क्रममा उक्त स्थानमा रहेका ६ वटा कुखुराका भाले पनि प’क्राउ गरिएको हो । जुवाडेहरुबाट नगद र गाडीहरु समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका कुखुराका भालेको स्वामित्व कसैले नलिएसम्म ती भालेहरुलाई पुलिस चौकीमै राखिने बताइएको छ ।