• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

जनप्रतिनिधिको दा’दागिरि

प्रकाशित मिति : बिहिबार, माघ ९, २०७६

सम्पादकीय

प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनांगेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमालाई सार्वजनिक कार्यक्रममै झा’पड हानेको विषय अहिले उत्कर्षमा छ । जनप्रतिनिधिको दा’दागिरि शैलिप्रति धेरैले आलोचना गरिरहेका छन् । कानुनि रुपमा समस्याको समाधान गर्नुपर्नेमा जनप्रतिनिधिनै अ’राजक शैलिमा प्रस्तुत हुँदा सर्वसाधरण असन्तुष्ट भएका छन् । प्रदेशसभा सदस्य गुरुङले भने पत्रकार सम्मेलनमानै आफूले गुरुङमाथि हा’त हा’लेको स्विकारीसक्नु भएको छ । विभिन्न कारणहरु देखाएर गुरुङलाई झा’पड हानेको मनांगेले बताउनुभएको थियो । यसरी जनप्रतिनिधिले नै का’नुनलाई हातमा लिएर म’नलाग्दी गर्दा कानुनको ध’ज्जी उडेको छ । एन्फाका अध्यक्षले आर्थिक हिनामिना गरेको आरोप सहि वा गलत त्यो आगामी दिनले बताउनेनै छ । तर, जनताको मत पाएर प्रतिष्ठित पद सम्हालेको व्यक्तिनै कु’टपिटमा उत्रनु अ’राजकताको हद हो । तसर्थ, प्रदेशसभा सदस्य दीपक मनांगेको शैलि र प्रवृद्धिलाई सुधार्न सम्बन्धित निकायले होसियार गराउन आवश्यक छ ।

विगतमा पनि जनप्रतिनिधिहरुको यस्ता हर्कत बाहिर नआएका होइनन् । जनप्रतिनिधिहरुनै समाजिक सद्भाव खल्बलाउने घट्नामा जोडिएको थुप्रै घट्नाहरु सार्वजनिक भएको छ । जनताबाटै निर्वाचित भएर जनतालाई नै असन्तुष्ट राख्ने जनप्रतिनिधिको शैलि सुधारकालागि सरोकारवाला निकायले सजग गराउन जरुरी छ ।