• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

सरकारी नेकपाको वर्ग चरित्र

प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६

लिला पौडेल

लेखक :-लिला पौडेल

नेपालमा अहिले नेकपा नामको सरकार छ । विभिन्न कोषबाट सरकारी नेकपा वारेमा मतहरु प्रकट भइरहेको छन । पार्टी सम्वद्व मान्छेहरुले यो पार्टीलाई कम्युनिष्ट पार्टी भन्ने नै भए किनकि नेपालि जनता कम्युनिष्टलाइ माया गर्दछन र जनता सैद्वान्तिक झै झमेला र विचार विश्लेषण भन्दा पनि नाम र झण्डा कै सतही बुझाइबाट कम्युनिष्ट भनेपछि विश्वास गरिहाल्छन जनताको यस्तो सोझोपनको फाइदा वर्तमान सरकारी नेकपाले लिएको छ । जसको कारण उसलाइ जनताले भोट हाले र यो पार्टी सरकारमा झण्डै दुइ तिहाइको नजिक छ । यसको हवाइ नारामा परेर भोट हालेको जनता उसले सरकारमा पुगेर देखाएको जनविरोधि गतिविधिबाट आक्रोशित छन जनता मात्र होइन स्वयम त्यो पार्टीको इमान्दारि कार्यकर्ताहरु पार्टि र सरकार प्रति असन्तुष्ट छन, आक्रोशित छन र निष्क्रिय हुदै छन । किन यस्तो् अवस्था आयो त रु भन्ने कारण बेलैमा बुज्न नसक्नुले जनता र कार्यकर्ता निराश भएका छन ।

सर्वविवितै छ कि माक्र्सवादिहरुले वर्गिय समाजमा पार्टीहरुले वर्गको अगुवाहि गर्छन त्यसै मुताविक वर्तमान सरकारी नेकपाले पनि वर्गको प्रतिनिधित्व गर्छन त्यसै मुताविक वर्तमान सरकारी नेकपाले पनि वगृको प्रतिनिधित्व गर्छन । नाममा कम्युनिष्ट नाम राखेपनि खासमा सरकारी नेकपाले श्रमिक वर्गको नभएर दलाल पुजीपति वर्गको प्र्तिनिधित्व गरिरहेको कारणले उसले श्रमजिवि गरिव निमुखा वर्गको पक्षमा काम नगरेको हो । वर्ग चरित्रले ने उसलाईनिमुखा जनताको पक्षमा काम गर्न दिदैन ।जनताले यो पार्टीको वर्ग चरित्र बुझेको भए उसलाइ समर्थन गर्ने नै थिएन र अहिले निराश हुने अवस्था आउने नै थिएन ।

२०४६ सालको चौथो महाधिवेशनबाट ससोधनबाट पतन भएको तत्कालिन माले ले २०४७ सालमा अर्को संसोधनवादी समुह माक्र्सवादीसँग एकता गरेर बनेको एमाले पार्टी बनिसकेको कुरा सिद्वान्तमा सामान्य हेक्का राख्ने सबैलाइ थाहा भइसकेको विषय हो एमाले वारे धेरै व्याख्या गरिरहनु नपर्ला ।अर्को तिर २०५२ सालबाट नेपालमा नयाँ जनवादि क्रान्ति गर्ने भनेर शसुस्त्र संघर्ष गरेको तर १२ बुदे समझदारिबाट स्खलन हुदै उहि एमालेकै ससोधनवादि बाटो समाएर हेटौडा महाधिवेशनबाट औपचारिक रुपमै माक्र्सवादको आधारभुत मान्यताबाट विचलित भएको माओवादि केन्द्रअन्तरगत एकताको नाममा एमालेमा मिसियो ठुलो ससोधनवादी समुह बन्यो रुपमा जेजे नाम राखेपनि सारमा यो एमाले पार्टी नै हो । यसको ठोस यर्थात जनताले बुझ्न सकेनन सैद्वान्तिक रुपमा सचेत मान्छेहरु अर्थात पार्टीको वर्ग चरित्र बुझेका मान्छेहरु यि पार्टीको एकताको हल्ला या बहुमतको सरकार अब केके न हुन्छ भन्ने जस्तो भ्रमबाट पहिलानै मुक्त थिए ।

सरकारी नेकपाको चरित्रबारे किटानि साथ भन्दा केहि मान्छेलाइ अपाच्य लाग्न सक्छ किनकि यसले आफुलाइ कम्युनिष्ट पार्टी भन्दै आएको छ । विगतमा कम्युनिष्ट आन्दोलनमा ठुलो योगदान गरेको नेता तथा कार्यकर्ताहरु छन । विगतको यो अवस्थालाई हेर्दात सरकारी नेकपालाइ वा यो पार्टीले नेतृत्व गरेको सरकारलाई दलाल पुजीवादि चरित्र भन्दा अनौठौ लाग्न सक्ला तर यो त विगत भयसक्यो रुपमा हेर्दा अथवा सतहि रुपबाट हेर्दा दलाल पुजिवादि होइन जस्तो देखिन्छ तर वर्ग विश्लेषणलाइ गहन रुपबाट नियाल्दा दलाल पुजिवादि चरित्र भन्नै पर्ने हुन्छ । सर्वप्रथम त नेपालको राज्य सतामा अडाइ सय वर्ष अघाडिदेखि शासन गदै आएको सामन्तवादको प्रतिनिधि सस्था राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको छ र राजतन्त्रको ठाउमा दलाल पुजिपति वर्ग सतामा आएको छ यो सत्तालाइ जनतान्त्रिक देख्नु स्वयम सरकारी नेकपाको वर्ग चरित्र दलाल पुजिवादि भन्नु पर्ने वाध्यता उसको व्यवहारले देखाएको छ ।

सरकारी नेकपालाइ दलाल पुजिवादि सÏाको हिमायति भन्नुपर्ने वाध्यता किन आयो भन्नको लागि नेपालको पुजिवाद राष्ट्रिय उदयोग धन्दाबाट नभएर साम्राज्यवादि पुजिको हस्तक्षेप र अनुत्पादक पुजिको वलले चलेको छ । अहिले नेपालको गाउ तथा शहरको मुख्य शोषणकारी वर्ग दलाल तथा नोकरशाहि वर्ग नै हो । नेपालको अर्थतन्त्रको प्रगतिको मुख्य बाधकको रुपमा यहि वर्ग देखापरेको छ । आजभन्दा लगभग दुइ दशक अघि सम्म गाउको मुख्य शोषक वर्ग सामन्ति जमिनदार वर्ग थियो आज त्यो वर्ग यात पुजिवादि जमिनदारमा रुपानतरण भएर व्यावसायिक कृषि फार्मको मालिक भएको छवा जमिन बेचेर पुजिको मालिक भएको छ नेपालको शहरको मख्य प्रगतिवादि वर्ग दलाल तथा नोकरशाहि वर्ग रहेकोछ । माक्र्सवादि मान्यता अनुसार दलाल पुजी भन्नाले विदेशि पुजी को दलाली गर्दे विदेशि मालको विक्री वितरणमा लगानि भएको पुजि भनेर बुझिन्छ बिदेशि लगानिकर्ता बहुराष्ट्रिय कर्पोरेशनहरु विदेशि बैंकहरु र विदेशि सैनिक स्वार्थसँग पार्टी जोडने देशभित्रकै मध्यम वर्गको एक हिस्सा लाई दलाल पुजिपति वर्ग भनिन्छ । यो वर्गले आफ्नो देशको किसान तथा कामरीगी र विदेशि एकाधिकारवादि कम्पनिको विचमा विचौलियाको काम गर्छ ।वर्तमानको सरकारी नेकपाले जनतन्त्र भनिएको राज्य सत्ताको अर्थतन्त्र माथि उल्लेख गरिएको ढाचाबाटै चलेको छ ।
सरकारी नेकपा मात्र नभएर नेपालि काँगेसको यो दलाल चरित्रको पृष्ठभुमि हेर्ने आवश्यक छ । त्यो भनेको लोकतन्त्र र जनतन्त्रको नारा उचाल्ने यि पार्टीहरुको दलाली चरित्र जनपक्षिय चुनावको नाममा पञ्चायत मा प्रवेश देखि शुरु भएर प्रजातान्त्रिक समाजवाद र नया जनवादको नारा दौडेर २०४६ सालदेखि साम्राज्यवाद र विस्तारवादको दलाली गदै आएको कारणले नेपालको प्रतिकृयावादि सÏामा फेरबदल नआउनु हो अहिलेको सरकारी नेकपाले आफुलाई साम्राज्यवादको अखल दलाल बनाउने काम गरिरहेको छ माथि नै भनियो कि यो पार्टीले नाममा आफुलाइ कम्युनिष्ट समाजवादि भन्ने गरेता पनि काममा एकाधिकार पुजिवादको सेवा गर्ने र दलालीबाट प्राप्त रकमले देश चलाउने निति लिएको पाइन्छ । स्पष्टरुपमा बुज्नुपर्ने कुरा केहो भने नेपालि जनताको आधारभुत समस्याको समाधान गर्नको लागि राष्ट्रिय पुजिको विकाश अनिवार्य छ । यो विषयमा विश्वका अर्थशास्त्रीहरुको विश्लेषण र प्रगतिशिल शासक हरुको प्रयोगबाट प्रमाणित भइसकेको छ यो यर्थात हुदाहुदै विश्व साम्राज्यवाद को स्वार्थमा नेपालमा नया उद्योगहरु सञ्चालन गर्ने भन्दा पनि उद्योग धन्दा हरु विदेशिहरुलाइ बेच्ने काम विगतमा कागे्रश र एमाले ले गदै आएका छन । विगतका त्यहि चरित्र बोक्ने एमाले र मार्क विचमा एकता भएपछि पनि अहिलेको सरकारी नेकपाको बाटो भनेको विगतकै एमालेको जस्तै पराभिनवादि आत्मसमर्पणवादि दलाल पुजिवादिहरुको सेवा नै रहेको छ भनाईमा आफना चुनावि घोषणा पत्र र सर्कुलरहरुमा राष्ट्रिय उद्योग धन्दाको विकास गर्ने भनेतापनि व्यवहारमा र यथार्तमा उद्योग धन्दाको उन्मुलन गर्ने र देशलाइ पराजित बनाउने काममा निरन्तरता दिइरहेको छ ।

हस्यास्पद कुरा त के छ भने यो पार्टीले आफनो पार्टीको दस्तावेजमा सो पार्टी श्रमजिवी जनताहरु र सर्वहारा वर्गको रक्षा गर्ने वताउछ तर व्यवहार हेरौत ठिक उल्टो एकाधिकार पुजिवाद हरु र दलालहरुको सरक्षण गदै आएको पाइन्छ । जस्तै जलस्रोतको क्षेत्रमा कृषि प्रणलिलाइ आधुनिकिकरण गर्ने सवालमा वा जमिनको व्यवस्था गर्ने सवालमा यो सरकारको कुनै चासो छैन ।

अर्कोतिर यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सवाल मा आफु लागि परेको भन्छ तर व्वबहारमा यो सरकारले भ्रष्टाचारमा आफुलाई अब्बल दर्जामाा राखेको छ । यो सरकारको सम्पुर्ण निकायहरुनै भ्रष्टाचारमा डुबेका छन । सरकार को मुल चरित्र औद्योगिक उन्नति मार्फत राष्ट्रिय पुजिको विकाश गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकाश गरेर स्वावलम्वि नेपाल वनाउने यो पार्टी र सरकारको वर्ग चरित्रले नै दिदैनन किनकि पहिल्ले राजनितिक सन्धि सम्झौता जसरि भएको छ जुन वर्ग सग भएको छ जुन जुन वर्ग विचमा देश र विदेशि प्रतिकृयावादिसँग सम्झौता गरेर अहिलेको कूथित लोकतान्त्रिक गणतन्त्र बनाइएको छ वर्ग नैतिकता कै आधारमा यो व्यवस्थाले आत्मनिर्भर अर्थतन्त्र को निर्माण हुन दिदैन यहि प्रतिकृयावादि व्यवस्था लाइ स्विकार गरि सकेको सरकारी नेकपाको वर्ग चरित्र यहि वपिरि भेटिन्छ माथि नै मानियोकि राजतन्त्रले अन्त गरेर स्थापना भउको यो व्यवस्थाको केन्द्रमा दलाल पुजिपति वर्ग छ । दलाल पुजिवादि सताको सेवा मान्ने सर्तमानै विगतको १२ बुँदे दिल्लि सम्झौता भएको हुनाले त्यो मान्यतालाइ केन्द्रमा सम्झौता भएको हुनाले तयो मान्यतालाइ केन्द्रमा राखेर चल्ने पार्टी र सरकारवालाहरुले दलाल पुजिवाद को संरक्षण मात्र गर्ने हो ।

अन्त्यमा सरकारी नेकपा आफुलाइ कम्युनिष्ट पार्टी भन्छ यो पार्टीको पृष्ठभुमि हेर्दा कम्युनिष्ट पार्टी भन्नुपर्ने हुन्छ यो पार्टीको नेता देखि कार्यकर्तासम्म हेर्दा विगतमा कम्युनिष्ट आन्दोलन मा योगदान गरेको पनि हुन पाटिृ चिन्ह पनि हसिया हथौडा छ । मार्ग निर्देशन सिदान्त माक्र्सवाद लेनिनवाद पनि छ सामान्य जनको नजरमा अथुवा सतहि रुपबाट हेर्दा कम्युनिष्ट देखिन्छ तर सैदान्तिक मान्यता लाइ ख्याल गर्ने अथवा माक्सर्सवादको आधारभुत मान्यता को कुर्सिमा हेर्दा सरकारी नेकपा कम्युनिष्ट भएता पनि कम्युनिष्ट मान्यता बाट स्खलन भएर दलाल पुजिवादि सत्ताको खेतालाको रुपमा काम गरेको छ यो पार्टीमा थुपै इमान्दार नेता कार्यकर्ता छन तर यो पार्टीको निर्देशक तथा पार्टी सञ्चालन गर्ने हरु दलाल पुजिवादि सत्ताको हिमायति नै भएको हुनाले यो पार्टीलाइ दलाल पुजिवादको रक्षक भन्न सकिन्छ ।