• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

अराजकताको हद

प्रकाशित मिति : आइतवार, पुस २७, २०७६

सम्पादकीय

जनकपुरमा शुक्रबार बिहान एकजनाको ह त्या भएपछि त्यस्को विरोध भइरहेको छ । नदी उत्खनन्को विरोध गर्दा दिलिप कुमार महतोलाई क्रसर व्यवसायीले फलामको र डकले घो चेर घाइते बनाई शरिमाथि टिपर चलाएका थिए । कुनै पनि विषयमा आफूलाई लागेको असन्तुष्टिका बारेमा बोल्न पाइन्छ । यो नै नागरिकको स्वतन्त्रता हो । तर, जनकपुरमा भएको यस्तो घट्नाले नागरिकमा त्रा स फैलिएको छ । बेथितिका विरुद्धमा आवाज उठाउँदा महतोको जस्तै निर्मम ह त्या हुन सक्ने डर नागरिकमा पलाएको छ । नदि उत्खननको विषयमा विरोध गर्दा दिलिप कुमारले आफ्नो ज्या न गु माउनु पर्यो । समाजमा त्यस्ता अझै थुप्रै घट्नाहरु छन् जहाँ बेथितिको विरोध गर्दा समाजबाटै अपहेलित हुनुपरिरहेको छ । नागरिकको बोल्ने स्वतन्त्रतासँगै विरोध गर्ने छुट पनि छ । तर, विरोध गरेकै भरमा ह त्या हुँदा नागरिककमा त्रास फैलिएको छ । यस्ता घट्नाहरु विविध कारणहरुले हुन्छन् । कानुनभन्दा माथि उठेर हुने यस्ता अ राजक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

त्यसैगरि, नागरिकमा असुरक्षाको महशुश हुनासाथ नजिकको प्रहरीमा समस्या लिएर पुग्नुपर्दछ । अतः अराजकतालाई न्युनिकरण गर्न र यस्ता घ ट्ना पुनः दोहोरिन नदिन जनचेतना देखि आवश्यक सम्पूर्ण कदम चाल्न सरोकारवाला निकाय पछि हट्नुहुदैँन ।