• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

महिला विभेद र नेपाली समाज

प्रकाशित मिति : बिहिबार, मंसिर २६, २०७६

पार्बति भट्टराई

लेखक : पार्बति भट्टराई

यस बर्षको लैगिक हिसा विरुद्धको १६ दिने अभियानको नारा “समानताको पुस्ता :वलात्कार विरुद्ध ऐक्यवद्धता” । यो नाराले कसको मन नछोएको होला । यो नारालाई सफल वनाउन हरेक तह र तप्कावाट प्रयास गरिएका छन् । आज नेपाली महिलाको अवस्थालाई हेर्ने हो भने छोरा जन्माउने महिला पनि आमा,छोरा जन्माउने पनि उहि आमा । आज हरेक परिवार आमा विना सम्भव छैन । प्रकृतीमा रहेका हजारौ रंगहरु र त्यहि रंगका हाजारौ फुलहरु,यस माटोमा फुलेका छन् । तर प्रकृतिले कुन फुल महत्वपुर्ण भनेर छुट्याएको छैन । आज यो संसारमा रहेका जिवहरुमा पनि कुन हात्ति र कमिलामा कुन महत्वपुर्ण भनेर छुट्याएन हात्तिको ठाउँमा उ महत्वपुर्र्ण छ र कमिला आफनो ठाउँमा कमिला महत्वपुर्ण छन् भन्ने हो । महिलाको ठाउँमा महिला र पुरुषको ठाउँमा पुरुषको महत्वपुर्ण र आफ्नै भुमिका रहन्छ । छ पनि । तर हाम्रो समाजमा पुरुष हुने वित्तिकै महिला माथि शासन गर्ने भन्ने वुझाई रहनु ,महिला भन्ने वित्तिकै घर भित्रको काम गर्ने, श्रीमानको अन्डरमा रहेर काम गर्नुपर्ने र पुरुषले चाहेको वेलामा उपयोग गर्ने वस्तुको रुपमा हेरेको पाईन्छ ।

आज कुनै पनि महिलाले छोरी जन्माउन नपाउने अवस्थाको सिर्जना भएको छ । गर्भमै छोरा या छोरीको पहिचान गरि छोरी भएको खण्डमा भु्रण हत्या गर्न वाध्य भएका आमा जुन हाम्रो समाजमा प्रसस्त हुनुहुन्छ । जसमा छोरा प्रतिको चाह उच्च हुनुमा वंश र सम्पत्तिको संरक्षकको रुपमा नेपालको पितृसत्तात्मक संरचाना र छोरीलाई अर्काको घरमा जाने जातको रुपमा लिनु र छोरा प्रतिको अधिक चाहाना हुनु पनि महिला ह्सिाको कारक तत्वको रुपमा लिन सकिन्छ ।

अव अर्को प्रसंगमा महिला राजनैतीका,आर्थिक, सामजिक, शैक्षिक क्षेत्रमा महिलाको सहभागीताको कुरा गराँै । यसमा पनी महिलाको अवस्था अत्यन्तै दयनिय रहेको छ । राजनितीमा महिलालाई अगाडि वढ्नको लागी पहिलो कुरा आत्माविश्वास,पारिवारीक अवस्था , सामाजिक वन्धन र महिला लाई नेत्रित्व स्विकार नगर्ने नेपालको पुरुष प्रधान राजनैतीक संस्कार सवै वाधकको रुपमा रहेका छन् । आर्थिक अवस्था आर्थिक उपार्जनको काममा महिलाको समान सहभागीता रहे पनि पाउने पारिश्रमिकमा विभेद रहेको छ भन्ने गरिन्छ,“पुरुषले जति महिलाले काम गर्न सक्दैनन् ।” त्यसैले आज समानकाम र समान ज्यालाका लागी पनि महिलाले आन्दोलन गर्नु पर्ने अवस्था रहेको छ । सामाजिक रुपमा महिला माथि गरीने विभेद नेपाली समाजको एउटा अकल्पनिय र कहाली लाग्दो अवस्था छ । कहिले वोक्सीको नाममा शारिरीक र मानसीक यातनाको सिकार हुने,कहिले वोक्सिको आरोपमा मानिसको दिशा पिसाप खुवाउने, समाजिक वहिस्कार गर्ने, गाउँ निकाला गर्ने जस्ता अमानविय कृयाकलाप पनि महिला माथि हुने हिंसाको ज्वलन्त उदाहरण हुन् ।

महिला माथिहुने वलात्कारका घटनालाई हेर्ने हो भने आज हाम्रो समाजमा ७० वर्ष माथिका हजुर आमा पनि वलात्कारको सिकार वन्नु भएको छ । आज २ वर्षको वच्चा पनि वलात्कृत भएका छन् । यसरी हेर्ने हो भने एउटा छोरी वच्चा पहिलेत जन्मननै पाउदैनन् । दोश्रो जन्मिए पनि घर परिवार समाजले सामाजिक विभेदको सिकार वन्नु परेको छ । आज एउटा महिला घरमा सुरक्षित छैन । आफ्नै घरमा समाजमा र आफ्नै देशमा यहाँ हजुरआमा आमा दिदी वहिनी नावालक वच्चा आप्mनै दाजुभाई काका मामा अजुरवुवा नामधारीहरुसंग डराउनु पर्ने अवस्था छ । घरवाट वाहिर निस्कदा हामि महिलालाई वाघ भालुको डर छैन, तर्साउने भुतप्रेतको डर मान्नु पदँैन ,तर मानव रुपधारी तिनै पिसाचसंग डराउदै गन्तव्यमा निस्कनु पर्ने वाघ्यता आज मैले भोगेको यथार्यता हो । आमाले घरवाट निस्कदा छोरी तिमि जताततै असुरक्षित छौ । ख्याल गरेर हिड्नु । तिमी महिला हौँ । कसैले केही गरीहाल्यो भने हाम्रो कुल खान्दानको ईज्जत जान्छ भनेर सम्झाउनु हुन्छ । मेरो आमा डराउनु भएको पनि त्यहि हिंस्रक दुराचारी अत्याचारीहरु संग न हो । २१ औं सताव्दीमा संसारका मुलुकले गरेका परिर्वन,समानताको पुस्ताको रुपमा महिला र पुरुष एक रथका दुई पाङग्रा एकको अभावमा अर्कोको अस्तिव्व सम्भव छैन । महिला र पुरुष एक विना यो संसारको कल्पना गर्न पनि सकिदैन । तर लैङ्गिक विभेद त्यसमा पनि महिला माथि महिला भएर जन्मिएकै कारण कुरीति , कुसंस्कार हिंसा ,अपराधको जालोले घेरेर राखेको हाम्रो देशको कानुनी राज्यको महसुस हुन नसक्नु र त्यसमा महिला माथि भएका र्दुव्यवहारको प्रतिकार गर्न महिला र कानुनी उपचार खोज्न पनि कहा ँजाने भन्ने कुरा थाहा नहुनु ,थाहा भएपनि सामाजिक वन्धन र लोभ लालच,दवाव झेल्न पिडित महिलाको सहयोगीको पनि अभाव हुने गरेको छ ।

अव हिंसाजनक व्यवहारलाई रोक्नको लागी दरिलो कानुनी व्यवस्था र पिडितको पक्षमा न्याय पाउनको लागी समाजका अगुवा,राजनीतिज्ञ, विद्वान,जनप्रतिनीधि, अधिकारकर्मी र आफ्नो परिवारको सहयोग सद्भाव, महिलाको चेतनाको स्तर वृद्धि र आर्थीक रुपमा महिला सवल हुन सक्नुपर्छ । जसमा समानताको लागी र हिंसाजन्य अपराध न्युनीकरणको लागी सवैको ऐक्यवद्धताको आवस्यकता टड्कारो रुपमा देखिन्छ । साथै महिला र पुरुषको अस्तित्व स्विकार गदैँ,एकले अर्काको सम्मान गदै,निडरताका साथ हातमा हात मिलाउँदै सहकार्यको वाटोमा हातेमालो गर्नु पर्ने अवस्था छ ।

महिला विभेद र नेपाली समाज
पार्बति भट्टराई
यस बर्षको लैगिक हिसा विरुद्धको १६ दिने अभियानको नारा “समानताको पुस्ता ःवलात्कार विरुद्ध ऐक्यवद्धता” । यो नाराले कसको मन नछोएको होला । यो नारालाई सफल वनाउन हरेक तह र तप्कावाट प्रयास गरिएका छन् । आज नेपाली महिलाको अवस्थालाई हेर्ने हो भने छोरा जन्माउने महिला पनि आमा,छोरा जन्माउने पनि उहि आमा । आज हरेक परिवार आमा विना सम्भव छैन । प्रकृतीमा रहेका हजारौ रंगहरु र त्यहि रंगका हाजारौ फुलहरु,यस माटोमा फुलेका छन् । तर प्रकृतिले कुन फुल महत्वपुर्ण भनेर छुट्याएको छैन । आज यो संसारमा रहेका जिवहरुमा पनि कुन हात्ति र कमिलामा कुन महत्वपुर्ण भनेर छुट्याएन हात्तिको ठाउँमा उ महत्वपुर्र्ण छ र कमिला आफनो ठाउँमा कमिला महत्वपुर्ण छन् भन्ने हो । महिलाको ठाउँमा महिला र पुरुषको ठाउँमा पुरुषको महत्वपुर्ण र आफ्नै भुमिका रहन्छ । छ पनि । तर हाम्रो समाजमा पुरुष हुने वित्तिकै महिला माथि शासन गर्ने भन्ने वुझाई रहनु ,महिला भन्ने वित्तिकै घर भित्रको काम गर्ने, श्रीमानको अन्डरमा रहेर काम गर्नुपर्ने र पुरुषले चाहेको वेलामा उपयोग गर्ने वस्तुको रुपमा हेरेको पाईन्छ ।