• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

लैंगिक हिंसा विरुद्ध हाम्रो आवाज

प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६

गंगा दाहाल

विश्व लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा होमिएको छ । धेरै देशमा महिला मात्रको उल्लेख्य संख्या देखिए पनि कतिपय देशमा पुरुषहरु अर्को रथको पांग्राको सहयोगी भुमिकाको रुपमा अभियानमा सरिक भएका छन् । विश्वले लैंगिक हिंसा विरुद्धको महाअभियानको अभ्यास गरेको ५९ वर्षभयो तर नेपाल त्यसमा सहभागी भएको जम्मा १८ वर्ष भएको छ । अभियानका रुप र प्रकार फरक भएपनी सार र भाव एउटै हो ञहामी लैंगिक रुपमा फरक छौं तर पृथ्वीमा हाम्रो अधिकार समान छ। आधा आकाश ढाक्ने सँग आधा अधिकार माग्ने हक सुरक्षित छ । नेपालको सन्दर्भमा लैंगिक हिंसाको कुरा गरौं । नेपालमा महिलालाई देवीको रुपमा पुज्ने चलन छ । धन, बल, शिक्षा जस्ता कुरालाई प्रतिबिम्बको रुपमा देवी पुज्ने चलन हाम्रो शास्त्रमा आधारित छ तर यथार्थ ठ्याक्कै उल्टो छ । शक्ति पुरुषमा मात्र हुन्छ, पुरुष हुनु भनेको शक्तिशाली हुनु हो भन्ने सोच नै हाम्रो समाजको गडेको मनोविज्ञान हो । वीरहरु(पुरुष) बलवान् हुन्छन् र शक्तिहिन हरु नामर्द हुन अर्थात् औरद(महिला) हुन् भन्ने आमप्रचलन नै छ । साना बालबालिका समेतलाई शक्तिशाली मान्छेको चित्र कोर भनेर कसैले र्अहायौ भने उसले एउटा हातले तरबार बोकेको पुरुषको चित्र कोर्छ । यो नै हाम्रो समाजको यथार्थ हो । विद्वानको तस्बिर बनाउन लगाउँदा टुप्पी पालेको एक ब्राह्मण पुरुषको चित्र कोर्छ । धन भएको मान्छेको तस्बिर बनाउँदा त्यस्तै एक हिरामोती जडित सिंहासनमा विराजमान राजालाई वरिपरि निर्य महिलाले पंखा चलाएर आनन्द लिइरहेको पुरुषको चित्र कोर्छ । हाम्रो बालबालिकामा नै यो मानसिकता आफैं जन्मेको होइन हाम्रो सामाजिक संरचनाको उपज हो ।
नेपालमा महिला सँग जोडिएका विभेद धर्म, जात, भुगोल विशेष छ । मधेसमा दाइजो प्रथाको रुपमा हुने विभेद पहाडमा छाउपडी प्रथामा पाइन्छ भने हिमालमा बहुपती प्रथामा देख्नसकिन्छ । महिला त्यसमाथी दलित महिला हुनु झन यो समाजमा अभिशाप जस्तो देखिन्छ । त्यस्ता महिला यो समाजको दोहोरो विभेदको सिकार हुन बाध्य भएका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा मदेस र पहाडमा बोक्सीको रुपमा उनिहरुलाई गरिएको व्यवहार नै हो । यातना दिने, मलमुत्र खुवाउने, गाउँ निकाला गर्ने जस्ता अमानवीय र तुच्छ कार्य आजको आधुनिक समाजमा पनि यधपी यथावत छ । केहिदिन अघि मात्र दोलखामा बोक्सा र बोक्सीको आरोपमा दोलखाको एउटा गाउँमा दम्पतीलाई नै सामाजिक निर्णय भन्दै कागज गराएर गाउँ निकाला र्गयो । उनिहरु यतिबेला काठमाडौंमा दुस्ख गरेर जीवन गुजारा चलाएको आफ्नो छोरासँग पुगेका छन र आँसु निरन्तर बगाइरहेका छन भने उनिहरुको छोरा बरु आफ्नो किड्नी बेच्छु तर त्यो घिनलाग्दो समाजमा आमाबाबु फर्काउदिन भनेर प्रण गर्दैछ । त्यस्तै केही समय अगाडी काभ्रेमा एक दलित महिलालाई सोही गाउँको सामाजिक विषय पढाउने शिक्षकले नै विधालय परिसरको खाँबोमा बाँधेर शारीरिक यातना मात्र दिएनन्, गाउँका महिलाबाट नै मलमुत्र खोच्याए र त्यो पीडा बोकेर दुई नाबालक छोराका साथ घर जाँदै गर्दा जंगलको बाटोमा पुन ती महिला माथी बर्बरताका साथ लडाएर छातीमा आफ्नो बुट बजारे । छोराहरुको अनुनय, विनय केहिलाई वास्ता नगरी निरन्तर प्रहार गरेका उनलाई गाउँमा शिक्षकको रुपमा नमस्कार गर्नेहरुको कमी थिएन । त्यस्तो असह्य यातनाको शिकार भएकी ती महिलाले भोलिपल्ट यो दुनियाँ छाडेर गइन । देशमा अशिक्षित, अज्ञानीबाट मात्र हैन सम्मानित भएका व्यक्तिहरु नै महिला हिंसा गर्न लालायित देखिन्छन् । नेपालको इतिहासमा नै त्यति ठूलो हाइप्रोफाइलका व्यक्तिबाट त्यस्तो जघन्य अपराध पहिलोपटक होला । हो हामी निवर्तमान सभामुख कृष्ण बहादुर महराको कुरा गर्दैछौं जो यतिबेला जबर्जस्ती करणीको प्रयास अभियोगमा अभियुक्तको रुपमा पुर्पक्षमा डिल्लीबजार कारागारको थुनामा छन् । बर्षौं पुरानो चिनजानको सम्बन्धलाई आफ्नो यौन चाहनाको साधन जस्तो सेक्सटोयको रुपमा प्रयोग गर्ने उनी यतिबेला लैंगिक हिंसाको सबैभन्दा ठुलो प्रतिकात्मक विम्ब बनेका छन् । त्यो भन्दा आश्चर्यलाग्दो कुरा के हो भने महिला अधिकार र समानताको आन्दोलन भनिएको कथित जनयुद्धको एउटा ठुला नेता नै यो स्तरको उनिहरुकै भाषामा साँस्कृतिक विचलनको रुपमा देखिनु यो समाजमा कुनैपनी महिला जतिसुकै बेला कोही कसैबाट सुरक्षित छैन भन्ने प्रमाण हो । उनी उक्त आरोपमा प्रहरी नियन्त्रणमा पक्राउ पर्दै गर्दा नेपालको संविधान बनाउने सबैभन्दा पवित्र थलो संसदको नेता(सभामुख)को भुमिकामा थिए । जुन ठाउँबाट नेपालमा महिलाको चौतर्फी विकासको लागि ३३५ अधिकार र धेरै कुरामा समान कानुनको व्यवस्था गरिएको थियो तर त्यसै थलोलाई शासन गर्ने व्यक्तिबाट त्यस्तो हर्कत हुने भएपछि हाम्रो राजनीतिक नेताहरूमा समेत माथी आम मानिसमा संसय भाव पैदा गराएको छ । कानुनले भोलि उनलाई निर्दोष नै करार गरेर सफाइ दिएपनी उनी आरोपी भएदेखि आजसम्मको त्यो मुद्दा र पीडित सँग जोडिएको घटनाक्रमले उनी निर्दोष हुन भन्ने सबै शंकालाई निस्तेज पारिसकेको छ र अब उनको बाँकी सार्वजनिक जीवनमा कालो धब्बा लागिसकेको छ । त्यस्तै केही समय अगाडी चेतनाको संवाहकको रुपमा चिनिएको विद्यार्थी नेता इन्द्रहाङ राईपनी त्यस्तै कुकर्ममा जोडिएका छन् । सत्तारुढ पार्टीको विद्यार्थी संगठनको नेता राईले तिहारमा देउसी खेल्न बोलाएर आफू राजनीति गरेको क्याम्पसको एक छात्रालाई बलात्कारको प्रयास गरेका थिए आज उनिपनी जबर्जस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षमा थुनामा छन् । सत्य खुल्न बाँकी रहेपनी प्रदेश एकका मुख्यमन्त्री शेरधन राइलाई एक महिलाले सञ्चारमाध्यमबाट नै आफुमाथी यौन दुराचार गरेको आरोप लगाएकी छन् । सत्तामा बसेका वा त्यसको न्यानो पाइरहेका व्यक्तिबाट यस्ता घृणित कार्यमा निरन्तरता हुनु सत्ताको अहंकार हो या अज्ञानताको पराकाष्ठा ? यो यक्ष प्रश्न हो ।

नेपालामा महिला जागरणको ईतिहास हेर्ने हो भने छिटफुट केही अगाडी भएपनी सबैभन्दा ठूलो जागरण योगमाया न्यौपानेले सुरु गरेको देखिन्छ । तत्कालीन सत्ताको विरुद्ध महिला अधिकारको वकालत गर्नु नै ठूलो साहस थियो तर त्यो साहस देखाएर योगमाया न्यौपानेले महिला अधिकारको आन्दोलनमा आफुलाई स्वर्ण अक्षरले सुभोभित गरिसकिन । निरंकुश राणाशासनको समयमा महिला आन्दोलनको आगो ओकल्दा समेत नजलेको राणाको व्यवहारलाई प्रतिकात्मक आन्दोलन स्वरुप तमोर नदीमा आफू सहित ६७ जनाले जलसमाधी लिएकी थिइन । त्यसपछाडी नेपालको महिला आन्दोलनमा जग गाड्न विभिन्न समयमा विभिन्न महिलाको भुमिका रह्यो । प्रजातन्त्रको स्थापनाको लागि दिव्यादेवी कोइरालाले अथक योगदान र्पुयाउनु भयो । प्रजातन्त्रको घाँटी निमोठेर हत्या गरेको पञ्चायतको विरुद्ध शिरमा कफन बाँधेर मंगलादेवी सिंह,द्वारिकादेवी ठकुरानी, शैलाजा आचार्य, साहाना प्रधान जस्ता महिला नेताहरुको पहाड जस्तो अग्लो उचाइ र्पुयाउनु भयो । नेपालको सामाजिक, राजनीतिक, साँस्कृतिक र आर्थिक रुपान्तरणमा महिलाले जुन योगदान र्पुयाएका छन त्यसलाई कम आक्नु सिंगो आन्दोलन र आजसम्मको उपलब्धिको अवमूल्यन गर्नु हो । आज लामो कालखण्ड पश्चात् देशले संघीय शासन सहितको गणतन्त्रात्मक संविधान पाएको त्यसभित्र महिलाको अधिकार र अवसरलाई प्रष्ट ढंगमा कुँदिएको छ तर यदाकदा त्यसलाई समेत उल्लंघन हुनेगरी राज्य पक्षबाट काम हुने गरेका छन् त्यसको ज्वलन्त उदाहरण हो पछिल्लो समयमा कर्मचारीको माग राखेर लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन जसमा संवैधानिक अधिकारको रुपमा रहेको आरक्षणको व्यवस्थालाई ठाडो उल्लंघन गरिएको छ । त्यसरी राज्य स्वयं विभेदकारी देखिनु विडम्बना हो । राज्य विभेदको विरुद्ध उभिनु पर्छ विभेदको पहरेदार भएर होइन । यहि हप्ताभित्र अछाममा छाउपडी गोठमा २१ वर्षीय एक युवतीले ज्यान गुमाइन् जुन घटना हाम्रो चेतनाको लागि एक गतिलो झापड हो । समाजमा नेतृत्व गर्छु भन्ने नेताहरुको भाषणमा देखिएको परिवर्तन यथार्थमा समाजमा देखिएको छैन । समाजलाई यथास्थितिमा राखेर परिवर्तन भएको गुड्डी हाँक्न नथाक्ने हाम्रा नेताहरु चाटुककारका समूह हुन् । नेपालमा १३ औं दक्षिण एसियायी खेलकुद उदघाटन हुने अघिल्लो दिन एउटा समाचार सनसनीपूर्ण फैलियो । समाचार सुखद थिएन । म्याराथुनमा सहभागीको तयारी गरेर देशलाई स्वर्ण पदक दिलाउने आशा गरिएको एक महिला धावक तुलसा खत्री मन्दिर जाने भनेर कतार भागिन् । यो नेपालको खेलकुद इतिहासकै सबैभन्दा पहिलो र तितो घटना हो । घरको आर्थिक अवस्थाको कारण विदेशिन बाध्य भएकि तुलसालाई फर्काएर ल्याउने भन्दा उनले देशलाई धोका दिएको आरोप खेप्नु र्पयो । त्यसको सिकार पनि एक युवती नै हुनुपर्ने यथार्थले के देखाउँछ भने देशमात्र होइन नेपाली समाजमा पनि घरपरिवारहरु अब पुरुष छाडेर महिला माथी निर्भर हुँदै गएको छ र त्यसको लागि उनिहरुले आफ्नो जीवनको सुवर्ण अवसरलाई बिर्सिएर परिवार प्रती बढी उत्तरदायी हुनेपरेको छ । माथिका यस्ता यावत घटना न पहिलो हो न अन्त्य हो मात्र ती घटनाहरु प्रतिनिधि घटना हुन् त्यसैले अबको हाम्रो बाटो यस्ता खराब अवस्थाको चिरफार गरेर महिलाको अवस्थामा व्यापक परिवर्तन नै हो । यस वर्षको लैंगिक हिंसाको यो महाअभियानले त्यस्तो घटनाको शल्यक्रिया गरेर एउटा स्वस्थ समाजको निर्माण गर्न सघाउ र्पुयाउने अपेक्षा गरौं र सबै पुरुष साथीहरुले यो अभियानमा एक्यवद्धता प्रकट गरौं ।

(लेखक नेपाल महिला संघ, सिन्धुलीको सभापति हुनुहुन्छ )