• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

अपांगता र मेरो समाजको रुप

प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

दिपा देबकोटा

आजको हाम्रो समाज,यहि समाज भित्रका मानिसहरू जतिसुकै शिक्षित प्रगतिशील भयता पनी झन् आजकै समुदायमा दिनप्रति दिन अनेकौ थरीथरीका अपराधहरुले जरा गाड्दै गईरहेको उदाहरणहरु हाम्रै अगाडि छर्लङ्ग छ । समयले यौटा अनौठो कोल्टो फेरेर आज यो सताब्दिमा आईरहदा अचम्म लाग्छ । हाम्रो देश,समाज र हामी कता जादैछाै ? दिनप्रती दिन हिसां,अपराध र कुरितिले हामी र हाम्रो समाज दलदलमा गाडिदै गैरहेको छ । झनै आजको समयलाई हेर्ने हो भने हाम्रो समाजमा धेरै अपराधजन्य हिंसाहरु बढिरहेको छ । झनै महिला हिंसा बड्दो अवस्थामा छ । हामी हाम्रै घर, समुदायमा र हाम्रै बाटा,टोलहरुमा पनि स्वतन्त्र हिड्न पाउने अवस्था छैन् । कतिबेला के हुन्छ र कसैले केहि गर्ने हो की भन्ने यौटै त्रास मनमा दिनरात लिएर हिड्नु पर्ने बाध्यता छ । के यहि होत हाम्रो दिनप्रतिदिनको परिर्वतन ? यही हो त शिक्षित समाजको उपलब्धि ? आज यौटी छोरी आफ्नै घर परिवारबाट सुरक्षित छैन । जताजतै हिंसा नै हिंसा अपराध,दुराचार ।

अझ अपाङ्गता भएका महिलामा त यस्ता हिंसाजन्य अपराधहरु झनै जटिल रुपमा रहेकोे पाईन्छ । अपाङ्ग भएकै कारण उनिहरुलाई अपहेलना गर्नु,अपशब्द बोल्नु,सहयोग गर्ने हेतुले अस्लिल अंगहरुमा छुनु उनिहरुका हक, अधिकार प्रर्ती ओकालत नगर्नु यस्ता कति समस्यामा उल्झिनु परेको छ । बिशेषत बिकट गाउँ बस्ती दुरदराजमा भएका अपाङ्गताहरुमा कैयौँ समस्या छन् । आजको दिनलाई हेर्ने हो भने त गाउँ गाउँमा मात्र नभई अझ् शहरी क्षेत्रमा पनि यस्ता समस्या जटिल रूपमा देखिएको छ । अपाङ्गता भएका महिला । त्यसमा पनी दृष्टि बिहिन,बहिरा,बौद्धिक अपाङ्गताहरुमा यौनजन्य र अन्य हिंसा झन् बिक्क्राल रुपमा छ । यस्ता कैयौ हिंसाहरु छन् । तर उनिहरुले आफु प्रती भएको घटनाको नत बिरोध नै गर्न सक्छन्,नत आवाज उठाउन । आफु प्रती भएको र्दुब्यवहारको प्रतिकार कसरी र कहाँ गर्ने ? ति आवाज बिहिनका आवाज र दृष्टि बिहिनका दृश्य बनिदिने,सुनिदिने खै काे ? आफ्ना समस्यालाई भित्रै दवाई टुलुटुलु हेरेर बस्न शिवाय खै उपाय ? आफु भित्र घटेको घटना सुनाए पनी यहाँ कसले बोलिदिने,कस्लाई फुर्सद ? अपाङ्गता भएकाहरुको समस्यालाई उठान गर्न र समाधान गर्ने समस्यालाई केलाउने बल्लतल्ल सहास हिम्मत गरेर यस्ता समस्यको भर्सना गर्नुपर्छ भनेर आवाज उठाय,समस्या ल्याय भने पनि त आवाज सुनिदिने चै को ? अपाङ्गता मानिस यो देश समाजका नागरिक हैनन् र ? यदि हुन भने उनिहरुलाई न्याय खैत ? सकेसम्म घटना भित्र भित्रै दबायो,नत्र जोसुकै होस अपाङ्गलाई केको न्याय यिनिहरुले के नै गर्छन र यहाँ मानिसको सोच यति सम्म आयर रहेको पाईन्छ । अपाङ्गताहरु पनि यहि देशका नागरिक हुन् । उनिहरुलाई पनि आमनागरिक झै बाच्न पाउने र अन्य कार्यमा सहभागी हुन पाउने हक अधिकार उत्तिकै छ,भनेर बुझ्नेहरु धेरै कम भेटेको छु समाजमा ।

म आफु पनि शारीरिक रुपमा अपाङ्गता भएको महिला हु । मैले पनि अपाङ्गता भएकै कारण कैयौ घटनाको सामना गर्नु परेको छ । शारीरिक रुपमा केहि कठिनाई भएको कारण यो समाजका मानिसले हेर्ने दृस्टिकोण नै फरक र अपशब्द बोल्ने यिनिहरुले के गर्न सक्छन र ? बिचरा परिवार आफ्न्त, समाजको बोझ्,बाँचेको कुनै अर्थ नै छैन, पुर्ब जन्मको स्राप, अनि पाप भोग्नु परेको । यस्ता कुराहरु वाणहरु सुन्दै आईरहेको छु । अझ शारीरिक कठिनाई भएको देखेरै कतिपय मानिसहरू त सहयोग गर्ने बहानाले नजिक हुने र छुन खोज्ने लोभ लालच र प्रलोभन देखाउने जस्ता क्रियाकलाप पनि झेल्नु नपरेको कहाँ हो र ? बाटो, गाडी, जुनसुकै ठाउँमा पनि यस्ता समस्या बिछिप्टै भेटिन्छन् । शरिरको कुनै अंगले पो काम नगरेको होत । अरु सबै अंग सक्रिय रहेका छन् । अरु सरह हामिले पनी सामाजिक र अन्य कर्यमा सहभागी हुन सक्छौ। अरु सरह सबै कार्य गर्न पनि सक्छौँ । कोही पनी मानिस कुनै कुरामा पुण हुदैन । हर कोहिमा केहिन केहि क्षमता अवस्य पनि हुन्छ । शारीरिक रुपमा सवल भएका मानिस सरह अपाङ्गता भयका मानिसले पनि यो समाजमा उदाहरणिय कार्य गरेको हाम्रो अगाडि कयौ उदाहरणहरु छर्लङ्ग छन् । अपाङ्गता नत पुर्ब जन्मको स्राप नत पाप हो । यो त बस् यौटा अबस्था मात्र हो । जो हरकोईमा आउन सक्छ । आज तपाईमा छ,भोली म मा हुनसक्छ । आज म मा छ,भोली अरु कोहिमा हुनसक्छ । दिनप्रतिदिन यसरी हिंसा जन्य कार्य बड्दै गैईरहदा भोली यो समाजले कस्तो रुप लिने हो ? हामी यसरी नै त्रास जन्य जिबन कहिले सम्म बाच्ने ?

अव हामिले यस्ता खालका हिंसाजन्य क्रियाकलाप रोक्नको लागी आफुले पनि केहि गर्न सक्छौ भन्ने धारण बिकास गर्नु आवस्यक छ । आखिर कतिदिन सम्म अर्काको मुख ताक्ने ? जब हामिले आफुबाट परिवर्तन गर्न सुरु गर्छौ,तब मात्र परिवर्तन सम्भब हुन्छ । तैसैले सोच बदल्यौ । हर कोहिलाई सम्मान गरौ र आफु पनि सम्मानित बनौ ।