• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

प्रधानमन्त्रीको दौडधुप र जनताको चिन्ता

प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६

सम्पादकीय

केहि समययता प्रधानमन्त्री केपी ओली निरन्तर अस्पताल पुगिरहनु भएको छ । मृर्गौलाको समस्याले अस्पताल पुग्नु भएको प्रधानमन्त्री ओलीको अहिले भने एपेन्डिसाइटिसको अप्रेसन गरिएको छ । प्रधानमन्त्री ओलीको दौडधुप र स्वास्थ्य समस्यामा चिन्ता गर्नेको संख्या व्यापक छ । प्रतिपक्षी दलका नेताहरुले पनि प्रधानमन्त्री ओलीलाई विश्राम दिनुपर्ने बताइरहेका छन् । तर, ओलीले भने अझै यहि तरिकाले १५ वर्षसम्म बाँच्न सकिने एक अन्तवार्तामा बताउनुभयो । समग्रमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएको देखिन्छ । उहाँको निरन्तर उपचार पनि भइरहेको छ । यसैबिच, प्रधानमन्त्री ओलीलाई दौडधुपबाट केहि समय विश्राम दिनुपर्ने जनगुनासो बढिरहेको छ ।

देशकालागि धेरै संघर्ष गर्नुभएको प्रधानमन्त्रीले अहिले पनि सुखि नेपाली, समृद्ध नेपालको परिकल्पना अनुसार काम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्थाले धेरै काम गर्न दिन्छ वा दिदैँन त्यो बुझ्न जरुरी छ । त्यसैगरि, प्रधानमन्त्रीको यो अवस्थामा नकारात्मक समाचार प्रवाह गर्नुहुदैँन भन्ने चेत सबैमा पलाउन आवश्यक छ । अतः प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना ।