• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

मिनभवनमा नेविसंघ र अनेरास्वियूको झगडा, बृहत प्रहरी परिचालन

प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँको नेपाल कमर्श क्याम्पसमा दुई विद्यार्थी संगठनबिच झगडा परेको छ । नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका कार्यकर्ताबिच झगडा हुँदा दुई जना घाइते भएका छन् । नेविसंघ क्याम्पस इकाईका एक अध्यक्ष सरोज तिमल्सिना र निरोज ठकुरी घाइते भएका छन् । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बिबिएस चौथो वर्षको वनभोज कार्यक्रमलाई लिएर दुई विद्यार्थी संगठनबिच झगडा भएको प्रत्यक्षदर्शिले बताए । अहिले ठूलो संख्यामा क्याम्पस बाहिर प्रहरी परिचालन गरिएको छ ।