• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

सल्यानमा उपचुनाव बहिष्कार गर्ने दुई इन्चार्ज सहित ४ पक्राउ

प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६

सिन्धुली साैगात संवाददाता

मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कारको आन्दोलन घोषणा गरेको नेकपा (क्रान्तिकारी माओवादी) र सो पार्टीनिकट जनगणतान्त्रिक मोर्चाका ४ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले चुनाव बहिष्कारको पर्चा बाढिरहेको अवस्थामा सल्यानको कुमाख गाउँपालिका ५ बल्लेबाट पक्राउ गरेको हो । नेकपा (क्रान्तिकारी माओवादी) का कार्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य चक्रपानी शर्मा, जिल्ला सचिव चक्र बहादुर शाह, जिल्ला सदस्य हिरालाल गोसाई र जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज दिपक बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ‘संसदीय उपचुनाव बहिष्कार गरौं, संघीय गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने नारा लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ७ दिने म्याद थप गरेको छ ।