• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

‘द हन्ड्रेड’ मा कति गते छ सन्दिपको खेल, हेरौँ

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

सिन्धुली साैगात संवाददाता

सन् २०२० को जुलाई १७ गते देखि शुरु हुन लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने उक्त प्रतियोगिता १७ जुलाई देखि १५ अगस्टसम्म हुनेछ ।

हालसम्म सर्वाधिक रकम पाएको प्रतियोगितामा सन्दिप लामिछानेले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ । त्यसैगरि, दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । सन्दीपलाई एकलाख पाउण्ड अर्थात् करिब एक करोड ४७ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।