• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

सिन्धुलीका युवालाई ठग्न खोज्दा एजेन्ट पक्राउ (भिडियो सहित)

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुलीको कमलामाई नगरपालिका ११ का झलक बहादुर बिक र कोष्ट राज बिकलाई मलेसिया उडाउने भन्दै अवैध रुपमा पैसा उठाउने कैलाश लिम्बु पक्राउ परेका छन् । सरकारले एजेन्टमार्फत वैदेशिक रोजगारीकालागि जनशक्ति पठाउने प्रावधान खारेज गरेपनि म्यानपावरको काम एजेन्टले नै गर्ने गरेको गुनासो बढेपछि वैदाशिक रोजगार विभागले अनुगमन गरेको हो ।

सिन्धुलीका दुई युवाले जनहि ४० हजार रकम अघिनै बुझाएको र फेरि १ लाख २० हजार मागेपछि उजुरी परेको थियो । गत शनिबार विदेश उडाउने भन्दै लिम्बुले उनीहरुलाई काठमाडौँ बोलाएका थिए । तर, श्रम स्वीकृति नभएको र चर्को शुल्क भनेपछि बिकले उजुरी गरेका थिए । नोभाक इन्टरनेशनल म्यानपावरका गोकुल न्यौपानेलाई लिम्बुले पैसा बुझाएका थिए । तर, न्यौपानेले उक्त पैसा लिम्बुले आफूलाई नदिएको बताए । हाल, लिम्बुलाई विभागले पक्राउ गरि आवश्यक अनुसन्धानकालागि पक्राउ गरेको छ ।