• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

प्याजको मुल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

सिन्धुली साैगात संवाददाता /काठमाडौं

प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएपछि उपभोक्ता मारमा परेका छन् । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।

उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अ वैधा निक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।

समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ । मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘यो पटक भारतमै भाउ बढेको प्याज अ वैधा निक बाटोबाट ल्याउँदा झन् बढेको हुनसक्छ ।’

भारत सरकारले भारतको प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि गएको असोजदेखि प्याज निर्यातमा रोक छ । यसको प्रत्यक्ष असर नेपाललाई परेको छ ।