• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

प्रधानमन्त्रीले भनेझैँ ठेकेदारको ठेक्का खोस्न सकिएला त ?

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

सम्पादकीय

प्रधानमन्त्री केपी ओलीले चालु आर्थिक वर्षको दोश्रो चौमासिकको समीक्षा बैठकमा काम नगर्ने ठेकेदारको ठेक्का खोस्न निर्देशन दिएका छन् । देशका कार्यकारी प्रमुखले ठेकेदारमाथि दिएको अभिव्यक्ति वर्तमान परिपक्षमा सहि छ । किनभने, ठेकेदारको लापर्वाहीका कारण आज थुप्रै पुर्वाधार निर्माणको काम अलपत्र अवस्थामा छ । विभिन्न कारणहरुलाई मुद्धा बनाएर ठेकेदारले समयमै काम नसक्ने प्रवृद्धि बढिरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले दिएको निर्देशन ठेकेदार तह लगाउनकालागि उपयुक्त बन्नुपर्छ । नेपालमा अधिकांश विकास निर्माणका काम अलपत्र अवस्थामा छ । ठेकेदारको लापर्वाही र सरकारी निकायको समन्वय नहुँदा काम अघि बढ्न सकेको छैन । तसर्थ, प्रधानमन्त्री ओलीले भनेजस्तै काम नगर्ने ठेकेदारको ठेक्का खोस्न सम्बन्धित निकायले डर मान्नु हुदैँन ।

नागरिकले ठेकेदारको कामप्रति असन्तुष्टि जनाउदैँ विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले बिजुलीको पोल, खम्बा, गाढीमा ठेकेदारको फोटो टासेर विरोध गरेका छन् । कानुनि राज्यमा जनता स्वयं सडकमा उत्रेको अस्वभनिय हुनेछ । त्यसैले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्ति उपयुक्त समयमा आएको छ र कार्यान्वयन गर्नतर्फ स्वयं प्रधानमन्त्री सक्रिय हुनुपर्छ । अतः प्रधानमन्त्री ओलीले भनेजस्तै सम्बन्धित निकायले ठेकेदारलाई पुरस्कृत गर्ने कि दण्डीत गर्ने भन्ने समिक्षा हुन जरुरी छ ।