• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

सिन्धुलीमा लैङ्गिक हिंसा विरुद्ध मौन र्‍याली

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

राधिका बुढाथोकी/सिन्धुली

सिन्धुलीमा लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न सोमबार लैङ्गिक हिंसा विरुद्ध मौन र्‍याली गरिएको छ । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म संचालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्लाका ९ वटै स्थानीय तहमा हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरु संचालन गरेका छन् ।

कमलामाई नगरपालिकाले सोमबार प्रभात फेरी तथा कोण सभा र दिपप्रज्वल कार्यक्रम आयोजना गरेको थियो । र्‍यालीमा विभिन्न गैरसरकारी संघसंस्था र सरकारी कर्मचारीहरुको उपस्थिती रहेको थियो । विहान ११ बजे देखि सुरु भएको र्‍याली सिन्धुलीमाढी परिक्रमा गरेर लोकतान्त्रिक चौरमा कोण सभामा परिणत भयो ।

कोण सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उपप्रमुख मञ्जु देवकोटाले कमलामाईमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रमा सेवाका लागी २ बर्ष यता आएका लैङ्गिक हिंसाका घटनाहरु ८६ वटा भएको जानकारी दिनुभयो । महिला भएकै कारण हुने विभेदको परिणाम स्वरुप महिला माथि हुने हिंसाले निरन्तरता पाएको छ । महिला माथि हुने हिंसा, शोषण तथा विभेदको अन्त्य गर्ने तथा महिलाहरूलाई आर्थिक तथा सामाजिक सशक्तीकरण गराउने प्रमुख उद्देश्यले नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले सिन्धुली जिल्लामा २०४९/०५० सालमा महिला तथा बालबालिका कार्यालयले स्थापना गरी कार्य गर्दै आएको थियो । संबैधानिक व्यवस्थाअनुसार हरेक स्थानीय तहमा उप–प्रमुख÷उपाध्यक्षको संयोजकत्वमा न्यायिक समितिको व्यवस्था भए अनुरुप यस कमलामाई नगरपालिकामा पनि तीन सदस्यीय न्यायिक समिति रहेको र यसले लैङ्गिक हिंसा अन्त्य गर्न र भएका घटनाहरुलाई सम्बोधन गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्ने गरेको छ । हाल हरेक गाउँलालिका र नगरपालिकामै महिला तथा बालबालिका इकाई÷उपशाखाको व्यवस्था गरी यी कार्यहरू भइरहेको छ ।

यसै अनुरुप कमलामाई नगरपालिकाले महिला तथा बालबालिका शाखाबाट लैङ्गिक सचेतनामूलक कार्यव्रmमहरू संचालन गर्दै आइरहेको छ भने ७ वटा वडाहरूमा सामुदायिक मनोसामाजिक कार्यकर्ताद्वारा लैङ्गिक हिंसाको प्रत्यक्ष निगरानी र हिंसा प्रभावितहरूलाई सम्बन्धित निकायमा प्रेषण गर्ने कार्य गरिरहेका छन् । गत आर्थिक वर्षमा सिन्धुली एकद्वार संकट व्यवस्थापन केन्द्रमा ६१ वटा महिला हिंसाका केसहरू आएका छन् । जसमध्ये ३ वटा जवरजस्ती करणी र २ वटा जवरजस्ती करणी प्रयासका केसहरू आएका छन् ।

यसै गरी २०७६ श्रावण १ गतेदेखि हालसम्म २५ वटा महिला हिंसाका केसहरू एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवाका लागि आएका छन् । जसमध्ये ४ वटा त जवरजस्ती करणीकै केसहरू छन् । नगर उपप्रमुख देवकोटाले भन्नुभयो ।

यस्ता घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले हिंसा विरुद्धका विभिन्न कार्यक्रहरु १६ दिन सम्म निरन्तर संचालन उहाँको भनाई छ । उहाँले नगरभित्र रहेका १४ वटै वडामा गरिने कार्यक्रमहरुका कार्य तालिका सार्वजनीक गर्नुभयो ।

नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको प्रभात फेरी तथा कोण सभा र दिपप्रज्वल कार्यक्रममा प्रदेश सासंदहरु,सरकारी,गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,महिला अधिकारकर्मी,समाजसेवी,नागरिक समाज लगाएत संचारकर्मीहरुको उपस्थिती गरेको थियो ।

स बर्षको नारा समानताको पुस्ता, बलात्कार बिरुद्ध ऐक्यबद्धता रहेके छ । नेपालमा बलात्कारका घटनामा बृद्धि भइरहेका कारण यस वर्ष १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको हो । लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्रा्ष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ । यस वर्ष १६ दिने अभियानको अन्तर्रा्ष्ट्रिय नारा “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” रहेको छ ।