• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

महिलाहरु कृषि पेशा र व्यावसायमा सफल

प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६

राधिका बुढाथोकी /सिन्धुली

कमलामाई नगरपालिका भिमान सिन्धुलीका महिलाहरु कृषि पेशा र व्यावसायमा सफल हुनुभएको छ । पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुका साथै सन्तुष्टि भएको उहाँहरुको भएको अनुभव छ । कमलामाई नगरपालिका ९ भिमानकी उमा शर्माले खसी र गाईपालेर बर्षमा १ लाखको हाराहारीमा आम्दानी लिने गरेको बताउनु भयो । परम्परागत तरिकाले पुर्खौदेखि गर्दै आएको कामले आफुलाई सन्तुष्टि बनाएको बताउनु हुन्छ । परम्परागत रुपमा गरिने कृषि पेसा अहिले महिलाहरुको लागि समान जनक पेशा बन्न थालेको उहाँको अनुभब छ ।

त्यसैगरी कमलामाई नगरपालिका ९ भिमानकी दुर्गा बनले पनि बंगुर पालेर बर्षमा ७० हजार आम्दानी गरेको बताउनु भयो । सुरुमा १८ ओटा बंगुर खोरमा हालेर पालन गर्न थाल्नु भएको बनको खोरमा अहिले बेचेर बाँकी रहेको तीन ओटा बंगुर छन् । भिमानकै बिमला माझिले घरमै बसेर गरिने पशुपालन ब्यबसायले महिलाहरुले फाईदा पुगेको बताउनु भयो । उहाँ अहिले गाउँगाउँमा कच्ची सडक सुबिधा पुगेपछि महिलाहरुलाई पशुपालन व्यवसाय गर्न सजिलो भएको बताउनु हुन्छ ।

कृषि पेशा व्यवसायलाई निरन्तरता दिन गाउँमा १/२ वटा भए पनि पशुपाल गर्ने परम्परा छ । तर अहिले त्यहि पेशा ब्यबसायिक बन्दै गईरहेको छ । मिलिजुली सहकारी साखा भिमान सिन्धुलीमा अहिले १२ सय महिलाहरु सहकारीमा आवद्ध भएर व्यावसायीक रुपमा कुनै न कुनै पेशा र ब्यबसाय गर्दै आएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी चलाएको मिलिजुली सहकारी साखा भिमान सिन्धुलीका अध्यक्ष कुमारी उमा शर्मा बताउनु भयो ।