• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

चुनावी माहोल र भारत !

प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६

सम्पादकीय

छिमेकि राष्ट्र पाकिस्तानको विरुद्धमा बोल्नु, जनतालाई पाकिस्तानप्रति नकारात्मक भाव बढाउनु जस्ता रणनितिले नरेन्द्र मोदी दोश्रो पटक भारतमा प्रधानमन्त्री निर्वाचित भए । यस्तै रणनिति अहिले नेपालमा चलिरहेको छ । भारतले नेपालका भुभागलाई समेटेर देशको नक्शा सार्वजनिक भएपछि नेपालका सबै राजनैतिक दल एक्यबद्ध भएर त्यसको विरोध गरेका थिए । तर, अहिले भने राजनैतिक दलले चुनावी रणनितिको आधारणमा नेपालको भुमिलाई प्रयोग गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् । कुटनितिक तबरबाट समस्याको हल खोज्नुपर्नेमा एक अर्कोलाई आरोप लगाउने काम भइरहेको छ । प्रधानमन्त्री ओलीले पनि नेपालको भुमि फिर्ता ल्याई छाड्ने अभिव्यक्ति दिएका छन् । अहिलेको समय भनेको भारतसँग छलफल गरेर अघि बढ्ने हो । जनतालाई भारतको विरुद्धमा नकारात्मक संदेश फैलाउने भन्दा पनि भारतसँग कसरी आफ्नो गुमेको जमिनलाई फिर्ता ल्याउने भन्नेतर्फ सरकारले सोच्न आवश्यक । त्यसैगरि, अरु राजनैतिक दलले पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई चुनावी एजेन्डा बनाउनु राष्ट्रप्रतिको अपमान हो ।

अतः भारतले मिचेको भुमि फिर्ता ल्याउन कुटनैतिक पहल शुरु हुनुपर्छ । सबै दल एक्यबद्ध भएर देशको सम्पत्तिलाई संरक्षण गर्नुपर्छ ।